

‘ग्यासको लुकाएको थाहा भए ११३७ मा फोन गर्नुस्’



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासमा भइरहेको कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई निःशुल्क हटलाइन ११३७ मा सम्पर्क गर्न आग्रह गरेको छ।
पछिल्ला दिनमा ग्यास लुकाएर अभाव सिर्जना गर्ने र चर्को मूल्यमा बिक्री गर्ने गुनासो बढेपछि विभागले यस्तो आग्रह गरेको हो। उपभोक्ताले सहज रुपमा सूचना दिन सकून् भनेर देशभरबाट निःशुल्क फोन गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
नेपाल आयल निगमले आधा सिलिण्डर वितरणको व्यवस्था गरे पनि बजारमा अभाव कायमै रहेको छ। यस्तो अवस्थामा गैरकानुनी कारोबार गर्नेहरुमाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।
विभागले अनुगमनलाई तीव्र बनाउँदै उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिरहेको जनाएको छ। सोही क्रममा सोमबार ग्यास लुकाएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। ललितपुरको हरिसिद्धिस्थित गोदामबाट १४ दशमलव २ केजीका ६ हजार ३ सय ७७ वटा सिलिण्डर फेला परेपछि कारबाही गरिएको विभागले जनाएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया