विनोद चौधरी विश्वको १ हजार ९ सय ८२औं धनी व्यक्ति

अमेरिकी व्यवसायी यलन मस्क यस वर्ष पनि विश्वका धनी व्यक्तिको पहिलो सूचीमा कायमै रहनुभएको छ । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको वार्षिक सूची अनुसार मस्क गएको वर्ष जस्तै यसवर्ष पनि सबैभन्दा धनी व्यक्ति बन्नुभएको हो । उहाँको कुल सम्पत्ति ८ खर्ब ३९ अर्ब अमेरिकी डलर रहेको छ ।

मस्कको सम्पत्ति गएको वर्षको भन्दा ४ खर्ब ९७ अर्ब अमेरिकी डलरले बढेको हो । मस्कको सम्पत्ति मानिसले व्यक्तिको नाममा सम्पत्ति कायम गर्न थालेपछिको कुनै पनि व्यक्तिले रेकर्ड गरेको सबैभन्दा धेरै सम्पत्ति हो । सूचीको दोस्रो स्थानमा रहेका लारी पेजको सम्पत्ति २ खर्ब ५७ अर्ब डलर छ ।

त्यस्तै तेस्रो स्थानका सर्जेइ ब्रिनको सम्पत्ति २ खर्ब ३७ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ । फेसबुकका संस्थापक मार्क जुकेरवर्ग २ खर्ब २२ अर्ब डलरसहित पाँचौ स्थानमा पर्नुभएको छ । यो सूचीमा नेपालबाट विनोद चौधरी मात्रै पर्नुभएको छ । उहाँ २ अर्ब १ करोड डलर सम्पत्तिसहित सूचीको १ हजार ९ सय ८२औं स्थानमा हुनुहुन्छ छ ।

फोर्ब्सले बर्सेनि सार्वजनिक गर्ने सूची यस वर्ष चालिसौं हो । यसपटक वार्षिक अर्बपति सूचीमा ३ हजार ४ सय २८ जना अर्बपति समावेश छन्, जुन गत वर्षको तुलनामा ४ सय जना अर्थात् १३.२ प्रतिशतले बढी हो । 

प्रतिक्रिया

खबर सबै