

अमृते सामुदायिक वनमा ‘हस्तकला सामग्री उत्पादन’का लागि ३० दिने ‘सिपमूलक तालिम’ सुरु



साझाकुरा, कपिलवस्तु — स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा “बाँसबाट बन्ने हस्तकलाका विभिन्न सामग्री उत्पादन सम्बन्धी ३० दिने सिपमूलक तालिम” सोमबार सुरु गरिएको छ।
“स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार” भन्ने नाराका साथ अमृते सामुदायिक वन उपभोक्त समुहको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रा.लिको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिमले स्थानीय युवायुवती तथा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य राखेको आयोजक संस्थाले जनाएको छ।
वनका अनुसार तालिम २०८२ फागुन २५ गतेदेखि २०८२ चैत २४ गतेसम्म सञ्चालन हुने छ। तालिम बाणगंगा नगरपालिका–९, कपिलवस्तुमा सञ्चालनमा ल्याइएको हो । उक्त तालिमका माध्यमबाट सहभागीहरूलाई बाँसको प्रयोग गरी टोकरी, डालो, डोको, मुढा, सजावटी सामग्री, घरायसी प्रयोगका सामग्री लगायत बजारमा बिक्री गर्न सकिने विभिन्न हस्तकलाका वस्तु उत्पादन गर्ने सीप प्रदान गरिने सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिएका छन् । तालिममा बाँसको छनोट, काट्ने तरिका, प्रशोधन, डिजाइन बनाउने सीप तथा बजार व्यवस्थापनसम्बन्धी ज्ञानसमेत दिइने प्रशिक्षकहरूले बताएका छन्।
स्थानीय स्तरमै सहज रूपमा पाइने बाँसलाई उपयोग गरेर हस्तकला सामग्री उत्पादन गर्न सकिने भएकाले यसले घरेलु तथा साना उद्योगको विकासमा टेवा पुग्नुका साथै बेरोजगार युवायुवतीलाई स्वरोजगार बन्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा परम्परागत रूपमा प्रयोग हुँदै आएको बाँसजन्य हस्तकलालाई आधुनिक डिजाइन र बजारसँग जोड्न सके राम्रो आम्दानीको स्रोत बन्न सक्ने बताए। यस्ता सिपमूलक तालिमले विशेषगरी ग्रामीण क्षेत्रका युवायुवती र महिलालाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको धारणा थियो।
आयोजक संस्थाले तालिममा सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादनलाई बजारसम्म पु¥याउन सके स्थानीय स्तरमै उद्यमशीलता विकास हुने विश्वास व्यक्त गरेको छ। साथै भविष्यमा पनि यस्ता सिपमूलक तथा आयमूलक तालिम कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया