

तेस्रोपटक टी-२० विश्वकपको उपाधि भारतलाई, न्युजिल्यान्ड फेरी उपबिजेता


आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि भारतले जितेको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । समग्रमा याे सहित भारतले तेस्राे पटक उपाधि जितेकाे हाे ।
भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । यसपटक लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा समेत गरेको छ ।
भारत लगातार दोस्रो अनि तेस्रोपटक टी-२० विश्वकप काे उपाधि जित्ने एक्लो टोली बनेकाे छ । ५ वर्षपछि फाइनल खेलेकाे न्युजिल्यान्ड भने फेरी उपविजेतामै सीमित हुन पुगेकाे छ । यसअघि सन् २०२१ मा अस्ट्रेलियासँग फाइनलमा न्युजिल्यान्ड पराजित भएको थियो ।
आज अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रन बनाउदै अलआउट भयो ।
न्युजिल्यान्डका लागि ओपनर टिम सेफर्टले सर्वाधिक ५२ रन बनाए भने कप्तान मिचेल सान्टनरले ४३ रन बनाए । अन्यबाट उल्लेख्य योगदान समेत हुन सकेन । डारिल मिचेलले १७ रन बनाउँदा बाँकी ब्याटर दोहोरो अंकमा पुग्नै सकेनन् ।
भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट लिए । हार्दिक पान्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल खडा गरेको थियो । सन्जु सामसनले ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए ।
इशान किशनले २५ बलमा ५४ तथा अभिषेक शर्माले २१ बलमा ५२ रन बनाएर आउट भए । शिवम दुबेले ८ बलमा २६ रनको क्यामिओ खेले ।
न्युजिल्यान्डका लागि जिमी नीशमले ३ विकेट लिँदा म्याट हेनरी र रचिन रविन्द्रले १-१ विकेट लिए ।
भारतले यस विश्वकपमा सुपर ८ मा दक्षिण अफ्रिकासँग एकमात्र हार बेहोरेको थियो ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया