

पार्टी नेतृत्व समयसँगै परिवर्तन नभए ‘डाइनोसर’ बन्ने गोकुल बास्कोटाको चेतावनी



नेकपा एमालेका नेता गोकुल बास्कोटाले समयअनुसार पार्टी र नेतृत्वमा परिवर्तन आवश्यक रहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले पार्टी जीवनका उकाली-ओरालीलाई सम्झेर समीक्षा गर्न तयार भए पुनर्विचार, पुनर्संरचना र सुधार स्वाभाविक रूपमा हुने उल्लेख गरेका छन् ।
उनले विगतमा पार्टी संरचनामा विभिन्न प्रयोग गरिएको स्मरण गर्दै लोकप्रियताको अर्थ सबैको प्रिय हुनु नभई केही नेताको मात्र प्रिय बन्ने अवस्थासमेत देखिएको संकेत गरेका छन् । उनले भनेका छन्- ‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि-भिजन, रि-थिङ्क, रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ । पिरामिड थियो, फुलि थप्न सोली बनायौ ।’
समयअनुसार सुधार नगरे भविष्यमा राजनीतिक रूपमा ‘डाइनोसर’ जस्तै अप्रासंगिक बन्ने खतरा हुन सक्ने उनले चेतावनी समेत दिएका छन् । बास्कोटाले परिवर्तन र आत्मसमीक्षामार्फत पार्टीलाई सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने संकेत गरेका छन् ।
भर्खरै सम्पन्न निर्वाचनमा नेकपा एमालेको लज्जास्पद हारपछि एमाले नेतृत्वले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला बास्कोटाले यस्तो टिप्पणी गरेका छन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया