

टी–२० विश्वकपमा आज ‘सुपर–एट’ का अन्तिम दुई खेल



आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुँदैछन् ।
पहिलो खेलमा दिउँसो सवा ३ बजे दिल्लीको अरुण जेटली स्टेडियममा जिम्बावे र दक्षिण अफ्रिका खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ८ पटक भेट भएकोमा दक्षिण अफ्रिका ७ खेलमा विजयी भएको छ भने एउटा खेल नतिजाविहीन रहेको छ ।
यस्तै बेलुका सवा ७ बजे कोलकाताको इडेन गार्डेन्समा घरेलु टोली भारत र वेस्ट इन्डिज खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ३० पटक भेट भएकोमा भारत १९ र वेस्ट इन्डिज १० खेलमा विजयी हुँदा एउटा खेल नतिजाविहीन रहेको छ ।
समूह १ बाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । भारत र वेस्ट इन्डिजबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ । जिम्बावे यसअघि नै बाहिरिइसकेको छ ।
यस्तै समूह २ बाट इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । हिजो भएको खेलमा श्रीलङ्कालाई हराए पनि पाकिस्तान नेट रन रेटमा पछि परेर प्रतियोगिताबाट बाहिरियो ।
टी–२० विश्वकपको पहिलो सेमिफाइनल आउँदो बुधवार र दोस्रो सेमिफाइनल बिहीवार हुनेछ । १०औँ संस्करणको प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २४ गते हुनेछ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया