

कपिलवस्तु–३ : रास्वपा उम्मेद्धार रजौरीयाको चुनावी सक्रियता,भन्छन् “जनताको भरोसा नै हाम्रो शक्ति हो”



कपिलवस्तु — राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजोरियाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले देशको विकास र सुशासनका लागि यसपटक सोचेर मतदान गर्न आग्रह गरेका छन्।
घरदैलो अभियानका क्रममा रजोरियाले मतदाताबाट प्राप्त माया, सद्भाव र विश्वासले आफूलाई अझ जिम्मेवार बनाएको बताएका छन्। “तपाईंहरूको साथ, विश्वास र माया नै हाम्रो जितको बलियो आधार हो, जनताको भरोसा नै हाम्रो शक्ति हो,” उनले भने।
उनले जनतामा परिवर्तनको चाहना बढेको दाबी गर्दै अब विकासको गति रोक्न नहुने बताएका छन्। “हामी विकासमा किन पछि पर्यौं भन्ने प्रश्न उठाउने समय आएको छ। यो परिवर्तनको सुनौलो अवसर हो,” उनले मतदातालाई सम्बोधन गर्दै उल्लेख गरे।
रजोरियाले फागुन २१ गते हुने मतदानमा पार्टीको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्न आग्रह गर्दै जनताको आशा र भरोसाको दियो कहिल्यै निभ्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्लाको इतिहासमा सबैभन्दा धेरै मन्त्री पाउने कपिलवस्तु-३ मा अहिले विभिन्न दल र स्वतन्त्र गरी ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया