

देशको राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ : प्रचण्ड





कपिलवस्तु । शनिबार कपिवलवस्तु आएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपिलवस्तुको कृष्णनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै वर्तमान निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय स्वाधीनता र राजनीतिक स्थायित्वसँग जोडिएको महत्वपूर्ण अवसर भएको बताए।
उनले देशको राजनीतिक परिस्थिति विशिष्ट अवस्थामा पुगेको उल्लेख गर्दै जनताले सही निर्णय गरेमा कम्युनिस्ट आन्दोलन पुनः बलियो हुने दाबी गरे। “यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, राष्ट्रको दिशा तय गर्ने मोड हो,” उनले भने। उनले देशको स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको बाटोबाट अघि बढ्नुपर्ने पनि बताए ।
प्रचण्डले विगतका उपलब्धि जोगाउँदै आर्थिक विकास, सुशासन र सामाजिक न्यायका कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन कार्यकर्ता र समर्थकलाई सक्रिय हुन आग्रह गरे।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भदौं २६ गते राति राष्ट्रपतिसँग रातभर छलफल गरेर अन्तरिम सरकार गठनका लागि आफूहरूले सहजीकरण गरेको दाबी पनि गरे । शनिबार कपिलवस्तुको कृष्णनगरमा आयोजित कपिलवस्तु–३ को चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
देश निकै विषम परिस्थितिबाट गुज्रिँदै निर्वाचनको सँघारमा आइपुगेको उल्लेख गर्दै दाहालले भने, ‘२६ गते राति मैले र कमरेड माधवकुमार नेपालले राष्ट्रपति भवनमा गएर रातभरि बसेर अन्तरिम सरकार बनाउने र ६ महिनाभित्र निर्वाचन गर्ने विषयमा समझदारी बनाउन आफ्नो तर्फबाट सहजीकरण ग¥यौं।’
राजनीतिलाई सही दिशामा लैजाने र सहजीकरण गर्ने काममा आफ्नो पार्टीले सबैभन्दा बढी मिहिनेत गरेको उनको दाबी थियो।
यो निर्वाचनलाई केवल कुनै एक उम्मेदवारलाई जिताउने वा हराउने सामान्य प्रक्रियाको रूपमा मात्र लिन नहुने दाहालले बताए। ‘यो निर्वाचन राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने एउटा ठूलो जनमत सङ्ग्रहजस्तै हो,’ उनले भने।
एकातर्फ युवाहरूको हत्या गर्ने र अर्कोतर्फ सिंहदरबारदेखि देशका धरोहरहरू जलाउने प्रवृत्ति सक्रिय रहेको भन्दै उनले राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने शक्तिलाई मतदान गर्न आम मतदातालाई आह्वान गरे।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन्।
कपिलवस्तुको कृष्णनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय स्वाधीनता र राजनीतिक स्थायित्वसँग जोडिएको महत्वपूर्ण अवसर भएको बताए।
उनले देशको राजनीतिक परिस्थिति विशिष्ट अवस्थामा पुगेको उल्लेख गर्दै जनताले सही निर्णय गरेमा कम्युनिस्ट आन्दोलन पुनः बलियो हुने दाबी गरे। “यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, राष्ट्रको दिशा तय गर्ने मोड हो,” उनले भने।
प्रचण्डले विगतका उपलब्धि जोगाउँदै आर्थिक विकास, सुशासन र सामाजिक न्यायका कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन कार्यकर्ता र समर्थकलाई सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सभामा आगामी निर्वाचन लक्षित अभियानलाई तीव्र बनाउने र घरदैलो कार्यक्रम विस्तार गर्ने रणनीति पनि सार्वजनिक गरिएको पार्टीले जनाएको छ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया