

चुनावको मौनअवधिमा होली पर्व : कपिलवस्तुमा कसरी पालना होला निर्वाचन आचारसंहिता ?


साझाकुरा, कपिलवस्तु । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले फागुन १८ गते रातिदेखि निर्वाचनको मौन अवधि लागु गर्दै छ । तर यही मौन अवधिमा तराईमा होली पर्व मनाइदै छ । सामान्यतय निर्वाचनको मौन अवधिलाई बढी भन्दा बढी चासोका साथ हेर्ने गरिन्छ । यो अवधिमा कुनै पनि दल वा उम्मेद्धारले निर्वाचन गतिविधि, प्रचारप्रसार तथा भेला, बैठक वा छलफल जस्ता कार्यक्रम गर्न पाउँदैनन् ।
होली पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कडा सुरक्षा सतर्कता अपनाउने बताएको छ । प्रशासनले जारी गरेको सूचनामा होली (फागु पूर्णिमा) सभ्य, मर्यादित र कानुनअनुसार मनाउन आग्रह गर्दै आचारसंहिता उल्लङ्घन गरे तुरुन्त कारबाही गरिने स्पष्ट पारेको छ ।
नेपाल सरकार अन्तर्गत गृह मन्त्रालय को निर्देशनअनुसार जारी सूचनामा चुनावी वातावरणलाई ध्यानमा राख्दै कुनै पनि प्रकारको भीडभाड, जबर्जस्ती रंग दल्ने, लोला हान्ने, मदिरा सेवन गरी होहल्ला गर्ने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा रोक लगाइएको उल्लेख छ।
प्रशासनले विशेषगरी निर्वाचन आचारसंहिताको अवधि चलिरहेका कारण होलीको नाममा राजनीतिक प्रदर्शन, शक्ति प्रदर्शन वा मतदातालाई प्रभावित पार्ने गतिविधि नगर्न दल र उम्मेदवारलाई सचेत गराएको छ। आचारसंहिता विपरीत गतिविधि देखिए तत्काल सुरक्षाकर्मी परिचालन गरी कानुनी कारबाही गरिने प्रशासनको चेतावनी छ।
चुनावी सरगर्मी चरममा पुगेका बेला आएको प्रशासनको यो कडाइले कपिलवस्तुमा होली उत्सव यसपटक “निगरानीमा” हुने संकेत देखिएको छ। प्रशासनिक स्रोतका अनुसार संवेदनशील क्षेत्रमा विशेष सुरक्षा योजना लागू गर्ने तयारी समेत गरिएको छ।


खबर सबै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार






प्रतिक्रिया