
फागुन १९ देखि कपिलवस्तुमा नेपाल-भारत सीमानाका बन्द रहने

साझाकुरा,कपिलवस्तु । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कपिलवस्तु जिल्लाका सम्पूर्ण सीमा नाका केही दिनका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले एक सूचना जारी गर्दै संवत् २०८२ साल फागुन १९ गते राति १२:०० बजेदेखि फागुन २२ गते (सन् २०२६ मार्च ५) बिहीबारसम्म जिल्लाका सबै सीमा नाका बन्द रहने जानकारी दिएको हो।
निर्वाचनका क्रममा अवाञ्छित गतिविधि नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति र स्वच्छ मतदान प्रक्रिया सुनिश्चित गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। सो अवधिमा अत्यावश्यक बाहेक सीमा आवत–जावत पूर्ण रूपमा रोक लगाइने सूचनामा उल्लेख छ।
प्रशासनले सीमा क्षेत्रका सर्वसाधारण, यात्री तथा सरोकारवाला निकायलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।



खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया