

कपिलवस्तुमा आशिषको शक्ति प्रदर्शन, सडकमै देखियो संकेत—के स्वतन्त्र तर्फ खुल्दैछन् मतदाता ? [भिडियो]





कपिलवस्तु कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै गएको छ । जसको एक दृश्य मंगलबार कपिलवस्तुमा स्वतन्त्र उम्मेद्वार आशिष शर्मा को पक्षमा खुला रुपमा देखियो । आशिष शर्माको चुनावी अभियानले तीव्र गति लिँदै जाँदा चुनावी माहोलमा पनि नयाँ मोड लिएको छ। दलगत राजनीतिबाट आजित मतदाताहरूको भरोसा एकाएक स्वतन्त्र उम्मेद्धवार शर्मातर्फ केन्द्रित हुन सक्ने सेंकत बलिया बनेका छन् ।
उनको यो खालको घरदैलो अभियानले चुनावी सनसनी मच्चाएको छ। दक्षिणी भेगबाट सुरु गरिएको घरदैलो अभियानमा दिनप्रतिदिन जनसहभागिता अप्रत्याशित रूपमा बढ्दै गएको देखिन्छ । मंगलबार त सडकमै यो दृश्य प्रष्ट देखिन्थ्यो । यसले के संकेत गर्छ ? के मतदाता आशिषका पक्षमा स्वष्तिक छाल लगाउन खुलेकै हुन त ?
मंगलबार जिल्लाको कपिलवस्तु १ अन्र्तगत पकडी लगाएतका क्षेत्रमा पुगेको अभियानमा स्थानीयवासीको उल्लेखनीय भीड देखिएको थियो। स्वतःस्फूर्त रूपमा भेला भएका नागरिकहरूले परिवर्तन, सुशासन र नयाँ नेतृत्वको अपेक्षा गर्दै शर्माप्रति खुला समर्थन जनाएको देखियो । परम्परागत दलप्रति निराश हुँदै आएका मतदाताहरू स्वतन्त्र उम्मेद्वारतर्फ आकर्षित हुन थालेपछि चुनावी समीकरण नै बदलिने संकेत देखिएको कतिपय विश्लेषकहरूको भनाइ छ।
घरदैलोका क्रममा शर्माले “जनताको आवाज संसदमा पु¥याउने” प्रतिबद्धता दोहो¥याउँदै भ्रष्टाचार, बेरोजगारी र विकासमा भएको विभेद अन्त्य आफ्नो प्रमुख एजेन्डा रहेको बताए। स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको बाक्लो उपस्थितिले अभियानलाई थप ऊर्जा दिएको थियो।
चुनाव चिन्ह जीप लिएर मैदानमा उत्रिएका शर्माको अभियानले कपिलवस्तु–१ को चुनावी प्रतिस्पर्धालाई नयाँ मोड दिएको छ। बढ्दो जनलहरसँगै प्रमुख दलका उम्मेद्वारहरू समेत दबाबमा परेको देखिन्छ। आगामी दिनमा यो जनसमर्थन मतपेटिकासम्म पुग्ने हो वा होइन भन्ने प्रश्नले कपिलवस्तुको राजनीतिक तापक्रम अझ चर्किँदै गएको छ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया