

सत्ता होइन सेवा रोज्ने नेता — आशिष शर्मा : आवश्यकता बनिसकेका उम्मेदवार



कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा यतिबेला चुनावी माहोलले नयाँ मोड लिएको छ। दलगत राजनीतिबाट दिक्क बनेका मतदाताहरूको नजर स्वतन्त्र उम्मेद्धवार आशिष शर्मा मा केन्द्रित हुँदै गएको छ। दलका उम्मेद्धवारहरू भन्दा धेरै माथि उभिएर राजनीति गरिरहेका शर्मालाई मतदाताले केवल उम्मेद्धवारका रूपमा होइन, समाधानको प्रतीक का रूपमा हेर्न थालेका छन्।
स्थानीय माटो, समाज र समस्यालाई नजिकबाट बुझेका युवा नेता शर्माले जेन्जीदेखि वृद्धसम्म सबै उमेर समूहको भावना समेट्न सक्ने क्षमता देखाइरहेका छन्। यही कारणले पछिल्लो समय उनीप्रति आकर्षित मतदाताको संख्या ह्वात्तै बढेको देखिन्छ। क्षेत्र नं. १ का युवाहरूले त उनलाई विश्वासको पात्र का रूपमा स्वीकार गरिसकेका छन्।
सफल युवा व्यवसायीसमेत रहेका शर्मासँग वित्तीय क्षेत्रको लामो अनुभव छ। यही अनुभवका कारण उनी विकासका विषयमा भावनात्मक मात्र होइन, व्यवहारिक र परिणाम मुखी सोच राख्ने उम्मेद्धवारका रूपमा स्थापित हुँदै गएका छन्। शिक्षा, स्वास्थ्य, कृषि, बाटोघाटो र समग्र पूर्वाधार—यी सबै क्षेत्रका समस्या उनले कागजमा होइन, मैदानमै देखेर बुझेका छन्।
दलगत रूपमा मैदानमा रहेका केही उम्मेद्धवारहरू पटक–पटक चुनाव जितेर गए पनि क्षेत्रको अपेक्षाअनुसार काम गर्न नसकेको जनगुनासो खुला रूपमा सुनिन थालेको छ। यही असन्तुष्टिले स्वतन्त्र उम्मेद्धवार शर्मालाई झनै बलियो बनाएको छ। उनी स्पष्ट रूपमा भन्छन्—
“पहिले जितेर गएकाले केही गरेनन्, अब म गर्छु। म युवा हुँ, मसँग काम गर्ने इच्छाशक्ति र क्षमता छ।”
कपिलवस्तुलाई विकास सँगै राष्ट्रिय मानचित्रमा चिनाउने स्पष्ट दृष्टिकोण सहित शर्माले चुनावी मैदानमा आफूलाई उभ्याएका छन्। पर्यटन, कृषि सम्भावना, स्थानीय उत्पादन र युवाको सीपलाई राष्ट्रिय स्तरमा लैजाने उनका एजेन्डा अन्य उम्मेद्धवारका नाराभन्दा धेरै अघि देखिन्छन्।
यही कारणले अहिले कपिलवस्तु–१ को चुनावी माहोलमा एक स्पष्ट सन्देश देखिन थालेको छ— आशिष शर्मा र अन्य उम्मेद्धवारबीच प्रतिस्पर्धा होइन, फरक स्तरको तुलना भइरहेको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया