

मलखाद र सिँचाइ संकट अन्त्य गर्ने कुँवरको चुनावी अठोट


कपिलवस्तु क्षेत्रनम्बर–१ का नेपाली कमन्युष्ट पार्टी (नेकपा) का उम्मेद्वार कृष्ण बहादुर कुँवरले कृषकका समस्यामा दृद्ध भएर उभिने बताएका छन । फाल्गुन–२१ गते हुने निर्वाचनका लागि चुनाव प्रचार प्रशारमा रहेका कुवँरले कृषकका समस्यालाई नजिक बाट महसुस गरेकोले उक्त समस्या समाधान गर्न प्रतिबद्ध रहने बताए ।
कपिलवस्तुका कृषकहरुले झल्दै आएको मलखाद र सिचाईको समस्या समाधानकालागि आफु निर्वाचित भैसकेपछि प्रतिबद्ध भएर लाग्ने बताएका छन । हरेक पटक नेताहरुले चुनाव जित्नैका लागि चुनावी एजेण्डा बनाउने र पछि बेवास्ता गर्दा कृषकका समस्या उस्तै रहेको भन्दै आफु त्यस्तो नगर्नेमा विश्वस्त रहन मतदातालाई अपिल गरेका थिए । त्यसतै मतदाताका गुनासा तथा समस्या सुनेपछि कुँवरले जनतालाई कानुन निर्माणभन्दा पनि विकास नै चाहिएको आफूले पाएको बताए ।
सदनमा पुगेपछि आफूले जनमैत्री कानुन निर्माण गर्न पहल गर्ने र विकासको एजेण्डा पनि संगसंगै अघि बढाउने कुँवरले बताए । जनताले पनि कुँवरको बारेमा धेरै सुनेको र भेट गर्न पाउँदा खुसी लागेको पालिका पत्रसंग बताए । अरु नेताले ढाँटेका कारण आफू इमान्दार भए पनि भोट माग्न कठिन भएको कुँवरको भनाई छ ।
कुँवरले यो लडाई भ्रष्टाचारी र सदाचारीको लडाई भएको बताउँदै आफूलाई मत खसाल्न आग्रह गरिरहेका छन् । राजापानीमा भएको युवासंगको भेटमा मत माग्न आउने हरेक उम्मेदवारलाई प्रश्नको कठघरामा राख्न कुँवरको आग्रह छ ।


खबर सबै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार






प्रतिक्रिया