

कपिलवस्तु १ मा बाजी मार्ने लयमा उम्मेद्धार शर्मा





जितपुर | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ को चुनावी मैदान तातेको छ। यही तातो माहोलबीच स्वतन्त्र उम्मेदवार बनेका युवा नेता आशिष शर्माले घरदैलो अभियानका क्रममा आफू नारामा होइन कामको खोजिका लागि जनताका बिचमा आएको बताएका छन् । उनले कपिलवस्तु जिल्ला र जिल्लाबासीको शिर उचो बनाउने गरी आफूले काम गरेर देखउने पनि बताउने गरेका छन् ।
घर–घरमा पुगेर मतदाताका समस्या सुन्दै हिँडेका शर्मालाई स्थानीयले अब “नेता होइन, समाधान” का रूपमा लिन पनि मतदातासँग आग्रह गरेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार जस्ता आधारभूत विषयमा वर्षौंदेखि बेवास्ता भोग्दै आएका मतदाताले यसपटक दलगत चस्मा फालेर स्वतन्त्र उम्मेदवारलाई जिताउनुपर्ने स्पष्ट सन्देश पनि दिने गरेको उनको ठम्याइ छ ।
घरदैलो अभियानका क्रममा मतदाताले खुलेर भने– “अब पुराना अनुहार होइन, काम गर्ने युवा चाहियो।” यही आवाजलाई अझ ओजस्वी तवरबाट उनले मतदाताको साथ पुर्ण रुपमा पाउने पनि विश्वास गरेका छन् । सक्षम, इमानदार र उर्जाशील युवा उम्मेदवारका रूपमा चिनिएका आशिष शर्माप्रति मतदाताको भरोसा दिनानुदिन बलियो बन्दै गएको उनी समर्थकहरु पनि दाबी गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी लिएर मैदानमा उत्रिएका शर्मा अहिले कपिलवस्तु जिल्लाको राजनीतिमा सबैभन्दा शक्तिशाली विकल्पका रूपमा उभिँदै गएका छन्। दलका उम्मेदवारहरू संगठन र नारामा अल्झिरहँदा शर्मा जनताको पीडासँग जोडिएको व्यवहारिक राजनीतिका कारण अग्रपंक्तिमा देखिएका छन्।

चुनाव चिन्ह ‘जिप’ बोकेर अघि बढेका शर्मालाई यसपटक भारी मतसहित संसद पठाउनुपर्ने मतदाताको आकलनले स्वतन्त्र पक्षमा बलियो लहर सिर्जना हुन सक्ने सम्भावना बलियो बनेको छ ।
शर्माको चुनावी अभियान पछिल्ला दिनमा थप बलियो बन्दै गएको छ । उनलाई क्षे नम्बर १ अन्र्तगत मायोदेवी गाउँपालिका पुर्व अध्यक्ष बजरंगी प्रसाद कुर्मी चौधरीसहित कांग्रेसभित्रको पनि एउटा ठूलो पंक्तिले समर्थन गरेको छ । अर्काे तर्फ नेपाली कांग्रेसको राजनीतिमा जीवन बिताएका दिपकुमार उपाध्याय पुत्र आशिष आफ्नै बुवाको राजनीतिक बिरासत कायम गर्ने दाउमा पनि छन् । उनी स्वतन्त्र उम्मेद्धारी दिएर चनावी मैदानमा होमिदै गर्दा शर्मा यहाँका अन्य उम्मेद्धारहरुका लागी पनि बलिया प्रतिद्धोन्द्धीका रुपमा हेरिएका छन् ।
को हुन आशिष शर्मा ?
आशिष शर्मा कपिलवस्तु जिल्लाको राजनीतिमा उदाउँदै गरेका त्यस्ता युवा नेतृत्व हुन्, जसले व्यवसायिक सफलता, संस्थागत अनुभव र सामाजिक उत्तरदायित्वलाई एउटै धारमा जोड्ने प्रयास गरी रहेका छन्। कपिलवस्तु जिल्लालाई आफ्नो कर्मभूमि बनाएका शर्माले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए अध्ययन पूरा गरी स्वदेशमै दीर्घकालीन योगदान गर्ने बाटो रोजेका हुन्।
१४ वर्षभन्दा बढी समय वित्तीय सेवा तथा विभिन्न व्यावसायिक क्षेत्रमा व्यवसाय इकाई प्रमुखका रूपमा काम गरेका शर्माले चौधरी समूहको वित्तीय क्षेत्रमा वरिष्ठ महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। निजी क्षेत्रको नीति, व्यवस्थापन र आर्थिक अनुशासनमा उनको अनुभव सुदृढ मानिन्छ।
संस्थागत नेतृत्वको हिसाबले शर्मा उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श तथा महासंघमा कार्यकारी सदस्यका रूपमा आबद्ध रहँदै नीति निर्माण र निजी क्षेत्र सुदृढीकरणमा सक्रिय रहेका छन् । नेपाल व्यवस्थापन संघको सदस्यका रूपमा तथा विभिन्न कम्पनीका बोर्डमा सेवा र सञ्चालकको जिम्मेवारी सम्हाल्दै उनले सुशासन र उत्तरदायी नेतृत्वको अभ्यास गरीरहेका छन्।
वित्तीय क्षेत्रको नियमन र सञ्चालनमा पनि शर्माको उपस्थिति उल्लेखनीय छ। शर्माले हिमालयन बैंक लिमिटेडका निर्देशक, नबिल बैंक लिमिटेड (क) वर्ग वाणिज्य बैंकमा कार्य गरेको तथा नेपाल राष्ट्र बैंकद्वारा इजाजतप्राप्त युनाइटेड फाइनान्स कम्पनी लिमिटेडमा सञ्चालकको रूपमा कार्य गरिसकेका छन्।
यस्तै, अध्यक्षका रूपमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा नेपाल बीमा नियामक निकाय बीमा समितिमा रही कार्य गरेको अनुभव पनि शर्मासँग छ। हाल शर्मा हिमालयन बैंक लिमिटेडका बोर्ड सदस्यसमेत हुन्।
कपिलवस्तु जिल्लालाई विशेष महत्व दिँदै शर्माले कपिलवस्तु जिल्लाको बुद्धभूमिमा २५ करोड रुपैयाँको लगानीमा नेपालकै पहिलो परिमार्जित वातावरणयुक्त ‘एग्रीवस्तु कोल्ड स्टोर प्रा.लि. स्थापना गरी प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्।
राजनीतिक रूपमा आशिष शर्मा नेपाली कांग्रेस कपिलवस्तुका सक्रिय र युवा माझ लोकप्रिय युवा नेता हुन्।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया