

रास्वपा उम्मेद्धार आचार्यको प्रतिबद्धता : गफ भन्दा विकास र दक्षतामा जोड





कपिलवस्तु | “गफ र आश्वासनको युग सकियो, अब सुरु हुन्छ विज्ञता र विकासको युग। शिक्षित नेतृत्व, समृद्ध कपिलवस्तु” भन्ने सन्देशसहित कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ का रास्वपा उम्मेदवार मोहन आचार्यले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट उम्मेदवारी दिएका आचार्यले अब परम्परागत आश्वासन भन्दा व्यवहारिक योजना, दक्षता र परिणाममुखी नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन् । उनका अनुसार कपिलवस्तुको समग्र विकासका लागि शिक्षित, सक्षम र पारदर्शी नेतृत्व अपरिहार्य छ।
आचार्यले रोजगारी, शिक्षा, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राख्दै विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । मतदातासँग संवादका क्रममा उनले “समृद्ध कपिलवस्तु निर्माणका लागि अब निर्णय गर्ने बेला आएको” बताउँदै परिवर्तनको पक्षमा मत दिन आह्वान गरेका छन् ।
निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं १ मा माहोल तीव्र बन्दै गएको छ भने मतदाता माझ विकास र परिणाममुखी नेतृत्वको बहस केन्द्रमा रहेको देखिन्छ।
को हुन उम्मेद्धार आचार्य ?
आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् ।
अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका आचार्य कानुनी क्षेत्रमा मात्रै नभएर, सामाजिक र नागरिक अभियानहरूमा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् । रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै आएका छन् ।
अन्तर्राष्ट्रिय कानूनमा स्वर्ण पदक सहित स्नातकोत्तर र समाजशास्त्रमा एम.ए. गरेका आचार्य केवल राजनीतिक उम्मेदवार मात्र नभएर एक उच्च तहको संविधानविद् हुन । उनले संयुक्त राष्ट्र संघ (ग्ल्म्ए) को संविधान निर्माण सहयोग परियोजनामा कानून प्रमुख र संविधान सभाको विशेषज्ञको रूपमा ७ वर्षसम्म देशको मूल कानून लेख्न प्रत्यक्ष योगदान दिएका छन ।
राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय निर्देशक देखि डेनमार्क राजदूतावासमा सुशासन सल्लाहकार सम्मको उनको अनुभवले नीति निर्माण र राज्य सञ्चालनको गहिरो ज्ञान भएको नेताका रूपमा उभ्याएको छ।
आचार्य केवल कानूनमा मात्र सीमित छैनन् । उनले कपिलवस्तु, बाणगंगा, शुद्धोधन र मायादेवी जस्ता पालिकाहरूमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको गहन अध्ययन गरी सुधारका लागि सङ्घीय सरकारसमक्ष ठोस सिफारिसहरू पेश गरिसकेका छन । स्थानीय न्यायिक समितिहरूलाई तालिम प्रदान गरी जनतालाई घरदैलोमै न्याय दिलाउने अभियानमा उनको भूमिका उल्लेखनीय रहेको छ।
स्थानीय स्तरमा मतदाताहरूसँग गरिएको कुराकानी र पछिल्ला सर्वेक्षणहरूले कपिलवस्तुका सचेत मतदाताहरू पुराना दलका नेताहरूले बारम्बार दोहो¥याउने ,रित्तो आश्वासन र अधुरा विकासका योजना बाट निकै आजित भइसकेको बताएका छन्।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया