

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना विवादमा



चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा हालै सम्पन्न बाघ गणनाका क्रममा राखिएका ८५ क्यामरामध्ये ६० वटा हराएको र २५ वटा बिग्रिएको तथ्य बाहिर आएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार कम्प्लेक्सअन्तर्गत बाघ गणनाका लागि जम्मा १,७८० वटा क्यामेरा जडान गरिएको थियो। तीमध्ये ८५ वटा क्यामेरामा समस्या देखिएको हो।

गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको हो। चितवन र पर्सा निकुञ्जलाई एउटै कम्प्लेक्स मानेर तीन ब्लकमा विभाजन गरी गणना गरिएको थियो। ९५८ वटा ग्रिड बनाएर प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रलाई आधार मानी क्यामेरा जडान गरिएको जनाइएको छ। प्रत्येक ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तथ्याङ्क संकलन गरिएको थियो।
क्यामेरा हराउने र बिग्रिने घटनाले बाघ गणनाको विश्वसनीयता तथा सुरक्षामाथि प्रश्न उठाएको छ। निकुञ्ज प्रशासनले घटनाबारे छानबिन अघि बढाइएको जनाएको छ।

यसअघि सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा ३५५ वटा वयस्क बाघ रहेका थिए। त्यतिबेला चितवनमा १२८, बर्दिया १२५, बाँके २५, पर्सा ४१ र शुक्लाफाँटा ३६ वटा बाघ भेटिएका थिए।
वन्यजन्तु संरक्षणका लागि महत्वपूर्ण मानिने बाघ गणनामा प्रयोग गरिएका यति धेरै क्यामेरा हराउनु गम्भीर विषय बनेको छ। यसले संरक्षण प्रयास र निगरानी प्रणालीमा थप चुनौती थपिएको सरोकारवालाले बताएका छन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया