

सन् २०२८ मा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो लाग्यो



सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ ।
भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकपको सुपर–८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो । अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रुपमा खेल्नेछन् ।
यस्तै विश्वकपमा सुपर–८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बावे र वेष्ट इन्डिजले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेका छन् । सुपर–८ मा पुगेको न्यूजिल्लाण्डले भने आयोजककै रुपमा विश्वकप खेल्नेछन् ।
त्यसबाहेक सुपर–८ बाहिर रहेकामध्ये अहिले टी–२० आई वरीयतामा माथि रहेका ३ राष्ट्रले पनि आउँदो विश्वकप खेल्न पाउनेछन् । भारतसँगको विवादका कारण बंगलादेश यसपटकको विश्वकपमा सहभागी भएको थिएन । ८ टोली भने क्षेत्रीय छनोटमार्फत विश्वकपमा आउनेछन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया