
कोइलीचौर सामुदायिक वनको एक महिने सिपमुलक तालिमको समापन, थाकलका पात र मकैका खोस्टाबाट आत्मनिर्भर बन्न सकिने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ता सदस्यहरुका लागि संचालन गरेको एक महिने सिपमुलक तालिमको बिहिबार समापन गरिएको छ । आफ्नै सामुदायिक वन क्षेत्रमा पाइने थाकल र किसानका खेतबाट उत्पादन हुने मकैको पोस्करबाट विभिन्न सामग्री निर्माणका लागि ३० दिने तालिमको गत माघ ७ गते उद्घाटन गरिएको थियो । सो तालिमको बिहिबार समापन गरिएको हो ।
कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि काठमाण्डौको प्राविधिक सहयोगमा माघ ७ देखि संचालन भएको तालिम एक महिना सम्म वन कार्यालयको सभाहलमा संचालन भएको थियो ।
विशेष गरी सामुदायिक वन उपभोक्ता सदस्यहरुलाई आफ्नै वन क्षेत्रमा वर्षाैदेखि उत्पादन भई प्रयोगविहिन बनिरहेका वस्तुबाट नै सिपमुलक तालिम प्रदान गरि त्यसबाट आत्मनिर्भर बनाउन सकिने उद्देश्यले यो तालिम संचालन गरिएको सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालले जानकारी दिएका छन् । उनले वनमा रहेका थाकल र किसानका खेतमा उत्पादन हुने मकैको खेस्टाबाट हाते झोला (ह्याण्ड ब्याग), टोपी, तथा अन्य विभिन्न सजावटका सामग्री उत्पादन गर्न सकिने अध्ययनपश्चात यो तालिम संचालन गरिएको बताए ।

यो तालिम अवधिभर सक्रिय सहभागि भएका सहभागिहरुले विशेष गरी थाकलको पात र मकैको पोस्करबाट टोपी, ब्याग र सजावटका सामग्री निर्माण गरेका थिए । उनीहरुले तयार पारेका यस्ता सामग्रीको बजारीकरणमा सामुदायिक वनले प्राविधिक सहयोगकर्ता संस्था ओम राजश्री मल्टी एग्रोसँगको समन्वयमा गर्ने जनाइएको छ ।
कपिलवस्तुमा धेरै सामुदायिक वनहरु रहेका भए पनि केही नयाँ र रचनात्मक कार्यक्रम संचलान गर्नमा कोइलीचौर साना किसान सामुदायिक वन अगाडी रहेको छ ।

कार्यक्रममा कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहाका उपभोक्ता सदस्यहरुका लागि यो तालिम प्रदान गरिएको थियो । उपभोक्ता सदस्यहरुलाई बढी भन्दा बढी तालिमबाट सिकेका सिपलाई व्यवहारमा लागु गरी यसबाट लाभ लिन र सिकेका कुरा व्यवहारमा उतार्न समेत आग्रह गरिएको छ । यो तालिमका लागि वन उपभोक्ताहरु मध्ये ३० जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रममा वनका अध्यक्ष कुन्तामणी भुसालले तालिमको सिकाई व्यवहारमा लागु गर्न र यसलाई व्यवसायी बनाउन सहभागिहरुलाई आग्रह गरेका छन् । उनले वनक्षेत्रबाट उपलब्ध हुने थाकलका पातलाई आम्दानीको स्रोत बनाउन पनि आग्रह गरे ।
कार्यक्रम बरिष्ठ उपाध्यक्ष देवबहादुर श्रीसको स्वागत र सचिव शुस्मा थापाको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई पनि सहभागिहरुबाट निर्मित सामग्रीहरु एक एक थान मायाको चिनो प्रदान गरिएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया