

दुर्गा प्रसाईंको रिहाइ माग्दै देशभर आन्दोलन घोषणा



र्गा प्रसाईंको सचिवालयले हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ससम्मान रिहा नगरिएको भन्दै नेपाल बन्दलगायतका आन्दोलन घोषणा गरेको छ । सचिवालयले सरकारले विना कुनै ठोस आधारमा हिरासतमा राखेको घटनामा आपत्ति जनाएको छ ।
सचिवालयले विज्ञप्ति जारी गर्दै नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि धावा बोल्दै सरकारले देखाएको यो दमनकारी कदम पूर्णतः अलोकतान्त्रिक र अन्यायपूर्ण भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाम्रो अभियान र प्रसाईंज्यूले उठाउनुभएका जनताका जायज माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गरी उहाँलाई बन्दी बनाएको छ, यो अन्यायको विरुद्ध र उहाँको ससम्मान रिहाइका लागि हामीले पटकपटक शान्तिपूर्ण आग्रह गर्दा पनि सरकारले वेवास्ता गरेकाले हामी बाध्य भई कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न विवश भएका छौँ ।
सचिवालयका अनुसार, फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द, सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द आह्वान गरिएको छ । यस्तै, बन्दको समयमा देशभरका मुख्य चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा हुने बताइएको छ ।
सचिवालयले बौद्ध किरातसहितको वैदिक सनातन हिन्दू अधिराज्य र राजसंस्था पुनस्थापनापछि मात्रै चुनाव गर्न आह्वान गरेको छ । महाअभियानले उठाएका २७ बुँदे माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया