कर्णालीको पीडा बेच्ने नेता धेरै भए : बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णाली प्रदेशको प्राकृतिक, सांस्कृतिक र आर्थिक सम्भावनालाई स्थापित गरिने बताएका छन् । बिहीबार (फागुन ७) सुर्खेतमा आयोजित पार्टीको ‘परिवर्तन उद्घोषसभा’मा उनले यस्तो बताएका हुन् ।
उनले मुगुको रारातालको उदाहरण दिँदै कर्णालीको गहिराइ र सम्भावनालाई आफ्नो पार्टीले गहिरो रूपमा बुझेको बताए । “रारातालजत्तिकै गहिरो कर्णालीको भावना र सम्भावना छ, त्यो गहिराइलाई रास्वपाले मनदेखि बुझेको छ,” उनले भने ।
रास्वपाले कर्णालीका स्थानीय उत्पादनलाई देशभर चिनाउने, यहाँको सभ्यता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य लिएको उनले उल्लेख गरे ।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णाली प्रदेशको प्राकृतिक, सांस्कृतिक र आर्थिक सम्भावनालाई स्थापित गरिने बताएका छन् । बिहीबार (फागुन ७) सुर्खेतमा आयोजित पार्टीको ‘परिवर्तन उद्घोषसभा’मा उनले यस्तो बताएका हुन् ।
उनले मुगुको रारातालको उदाहरण दिँदै कर्णालीको गहिराइ र सम्भावनालाई आफ्नो पार्टीले गहिरो रूपमा बुझेको बताए । “रारातालजत्तिकै गहिरो कर्णालीको भावना र सम्भावना छ, त्यो गहिराइलाई रास्वपाले मनदेखि बुझेको छ,” उनले भने ।
रास्वपाले कर्णालीका स्थानीय उत्पादनलाई देशभर चिनाउने, यहाँको सभ्यता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य लिएको उनले उल्लेख गरे ।
उनले कर्णालीको पीडालाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रवृत्तिको आलोचना गरे । कर्णालीलाई साँचो अर्थमा बुझ्ने नेतृत्व आवश्यक रहेको उनले बताए ।
“कर्णालीको पीडा बेच्ने नेता धेरै भए, तर बुझ्ने नेता भएनन्,” उनले भने, “त्यसैले कर्णालीलाई बुझ्ने र यहाँका सपना साकार पार्ने नेतृत्व जन्माउनु हाम्रो उद्देश्य हो ।”
उनले कर्णालीको समग्र विकासका निम्ति रास्वपा प्रतिबद्ध रहेको दोहोर्याए ।

खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन

पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री

प्रतिक्रिया