

हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत


वाणगंगा नगरपालिका–२, पिपरा स्थित हिल्बर्ट इङ्लिस बोर्डिङ स्कुलले आफ्नो १६औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा तथा प्याप्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्यतामा विद्यालयकै प्राङ्गणमा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका निर्देशक बुद्धिराम पौडेल विशेष अतिथिका रूपमा सहभागी रहनु भएको थियो भने वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख रोशन घिमिरे, प्याप्सन कपिलवस्तुका पूर्व अध्यक्ष सुन्दर पाण्डे, अभिभावक, विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य, शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मक प्रस्तुतीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र शैक्षिक क्षमताले विद्यालयको गुणस्तरीय शिक्षाको स्पष्ट झल्को दिएको सहभागीहरूले प्रतिक्रिया दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालहरि पाण्डेले हिल्बर्ट इङ्लिस बोर्डिङ स्कुललाई कपिलवस्तु जिल्लाकै अब्बल शैक्षिक संस्थाको रूपमा चर्चा गर्दै शैक्षिक गुणस्तर, अनुशासन र अभिभावकसँगको समन्वय विद्यालयको प्रमुख विशेषता भएको बताए।
उनले निजी विद्यालयहरूले पनि सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै शिक्षामा योगदान दिनुपर्नेमा जोड दिए। त्यसैगरी शिक्षा शाखा प्रमुख रोशन घिमिरेले विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा, नैतिक मूल्य र व्यवहारिक सीप विकासमा विद्यालयले खेलेको भूमिकालाई उदाहरणीय रहेको बताए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तेजप्रसाद आचार्यले गर्नुभएको थियो।
लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय हिल्बर्ट इङ्लिस बोर्डिङ स्कुल अनुशासन, शैक्षिक उपलब्धि र सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षण पद्धतिका कारण कपिलवस्तु जिल्लाकै विश्वासिलो तथा अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित हुँदै आएको छ।


खबर सबै
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन






प्रतिक्रिया