

शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे



शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ७५ अङ्कले घटेर २ हजार ६ सय ४२ दशमलव १५ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव ११ प्रतिशतले ओरालो लागेको छ । आज २१४ वटा कम्पनीको शेयर घटेकोमा ४२ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन सालपा विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३५४ वटा कम्पनीको २ करोड ५ लाख कित्ता शेयर ८ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया