

ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !





रुपन्देहीको भैरहवा क्षेत्र मँगलबार विहान नेपाल बन्दको हल्ला बीच संकास्पद बस्तु भेटिएको खबरले थप त्रसिन बन्यो । दुई छुट्टाछुट्टै स्थानमा फेला परेका शंकास्पद वस्तु ‘बम’ भएको आसंकामा यहाँका जनता त्रसित बनेका हुन् ।
नेपाली सेनाको टोलीले उक्त बस्तुलाई निष्क्रिय पार्ने क्रममा बियरको बोतल र रंगको बाल्टिन (डब्बा) भेटिएको थाहा भएपछिमात्रै भैरहवाको जनजीवन सामान्य अवस्थामा फर्किएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका-८ स्थित लुम्बिनी गेट नजिक र सिद्धार्थनगर नगरपालिका–९ अंचलपुर क्षेत्रमा आज बिहान शंकास्पद वस्तु भेटिएको थियो । सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी दुवै वस्तु सुरक्षित रूपमा डिस्पोज गरिएको थियो
प्रहरीका अनुसार लुम्बिनी गेट नजिक भेटिएको वस्तु बियरको बोतलभित्र माटो र ढुङ्गा राखिएको अवस्थामा फेला परेको थियो । त्यस्तै अंचलपुरमा भेटिएको अर्को शंकास्पद वस्तु रंग राख्ने सानो बाल्टिन (डब्बा) भित्र पराल राखिएको अवस्थामा थियो ।

नेकपा (बहुमत) ले आह्वान गरेको बन्दकै दिन शंकास्पद वस्तु राखी सर्वसाधारणलाई त्रसित बनाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बन्दका कारण शिक्षण संस्थाहरू बन्द गरिएका छन् भने सडकमा सवारीसाधनको आवागमनसमेत कम देखिएको छ । यद्यपी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आश्यक सुरक्षा दिन तयार रहेको बताउँदै सामान्य अवस्थामै रहन जनताहरुलाई आह्वान गरेको छ ।
यसैबीच पूर्व–पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको बाणगंगामा समेत संकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले उक्त वस्तुलाई डिफ्युज गर्दैछ । विहान १० बजे फेलापरेको उक्त बस्तुका कारण अलिे सडक समेत अवरुद्ध भएको छ । कपिलवस्तुकाे बनगाई-गाेरुसिङ्गे सडककाे ड्राइ नााला नजिक यस्ताे वस्तु भेटिएकाे हाे । उता शिवराज नगरपालिका स्थित बनकसाबासामा पनि यस्तै शङ्कास्पद वस्तु फेला परेकाे जनाइएको छ ।



खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया