

शुसासन मेरो मुद्दा हो, शुसासन कायम गर्न निती निर्माण र निती संसोधनमा भुमिका खेल्छु : उम्मेदवार कमाल



कपिलवस्तु, ४ फागुन | नेपाली काँग्रेस कपिलवस्तुबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अतहर कमाल मुसलमानले जेएनजी आन्दोलनमा उठेको भ्रष्टाचार बिरोधी अभियान, नेपो बेबीहरुको बिरोध र नागरिकलाई सहज सेवा प्रवाह र राहत दिने कार्य बदलिएको काँग्रेस बाट संभव भएको बताएका छन ।
नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ आजबाट शुरु भएको चुनावी प्रचार प्रसारमा मायादेवी गाउँपालिकाको पिपरामा रहेका उम्मेदवार कमालले भ्रष्टाचार बिरुद्ध कठोर भएर अगाडी बढ्न आवश्यक रहेको बताए । नेपाली काँग्रेसले गगन थापाको नेतृत्वमा नेतृत्व परिर्वतन गरि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढेकोले जेएनजीको माग बदलिएको काँग्रेसले नै पुरा गर्न सक्ने उनले दावी गरे । जेएनजीको माग बदलिएको काँग्रेसबाट संभव भएको उनले बताए ।
चुनावी प्रचार प्रसारमा नेता कार्यकर्ता र नागरिकको उत्साहजन सहभागीता रहेको उल्लेख गर्दै उनले् आफुले बिकासमा नागरिकका मुद्दा सदन सम्म पुर्याउनुको साथै बिकासका काम समेत गरेकाले बाँकी अधुरा बिकासका कार्य पुरा गर्न आम मतदाता आफ्ना पक्षमा एकिकृत भएको उनले जनाए ।
प्रचार प्रसार क्षेत्रमा आफुले बिगतमा गरेका बिकास कार्यको स्मरण गर्दै उनले चाकरचौडा पिपरा सडकको स्तरोन्नती र चाकरचौडा भंसारमा सवारी आवागमनका लागि भंसार सुबिधा सञ्चालन गर्न आफुले प्राथमिकता दिने बताए । चुनावी प्रचार प्रसारमा पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्य, पार्टी नेता तथा लुम्बिनी प्रदेशका पुर्वमन्त्री बिकासवादी नेता सहसराम यादव, पुर्व जिल्ला सचिव सुरेस शर्मा, पुर्व उपसभापति रामआशिष पाण्डेय, पुर्व सचिव महेन्द्र पाठक, जिल्ला सचिव शक्ति सिंह ठकुरी, सहसचिव वजिह अरसद, नेविसंघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेल, युवा नेता ईस्तियाक खान, अजय तिवारी लगायत महिला नेतृहरुको सहभागीता रहेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया