

रवि र बालेन एकैदिन कपिलवस्तु आउँदा…



जितपुर | शनिबार कपिलवस्तुको राजनीतिक माहोलले फरक रुप लियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उपस्थितिले दिनभर जसो कपिलवस्तु रास्वपामय जस्तै बन्यो । जिल्लाभर रवि र बालेन आउने र जाने भिन्नभिन्नै समयका कारण दिनभर जसो जिल्ला रविमय र बालेनमय बनेको हो ।
शनिबार बिहान कपिलवस्तुको पिपरा, चार नम्बर बजार हुँदै पश्चिममा चन्द्रौटा, महाजगञ्ज हुँदै सभापति लामिछाने अघि बढे भने अपराह्न्न ४ बजे पछि तौलिहवा, महाराजगञ्ज चन्द्रौटा, गोरुसिँगे चार नम्बर हुँदै बालेन तौलिहवा हुइकिए ।
चुनावी माहोल बनाउन घण्टी अभियान भन्दै देश दौडाहमा रहेका रास्वपा सभापति रवि लामिछानेले चार नम्बर चोकमा संक्षिप्त सम्बोधन गर्दै पुरान दल र तिनका नेताहरु प्रति कटाक्ष गर्दै उद्घोष गर्दै भने, तपाई इतिहास बनाउनुभयो होला, हामी अब भविष्य बनाउने छौँ । जनताको मतले यो देशको भविष्य कोर्ने छौँ । उनले अब देश बर्बाद हुन दिने छुट नभएको भन्दै कपिलवस्तु १ का मतदाताले कानुनका विज्ञ मोहन आचार्यलाई जिताउने विश्वास पनि व्यक्त गरे । रबिले दोहो¥याएको वाक्य थियो—“म भोट माग्न आएको होइन, यो अग्रिम बुकिङ हो ।”

लामिछानेले परम्परागत दलहरूलाई लक्षित गर्दै भने, “पुरानाले इतिहास बनाए, अब भविष्य बनाउने पालो हाम्रो हो।” उनको यो अभिव्यक्ति सिधै स्थापित राजनीतिक शक्तिप्रति असन्तुष्ट मतदातालाई लक्षित सुनिएको थियो । कपिलवस्तुमा उनले ‘दल होइन, मत बदल्नुस्’ भन्ने सन्देश अघि सार्दै आफ्नो यात्रा अघि बढाए । त्यस पछिको यात्रामा उनी चन्द्रौटामा आफ्ना पार्टीका उम्मेद्धार प्रकाश रजोरियालाई मत माग्दै केही मिनेट बिताएका भए पनि त्यस पछि उनी कृष्णनगरको तालिका परिवर्तन गर्दै तौलिहवातिर सोझिए । यही कारण बिहानैदेखि कुरीरहेका उनका समर्थक निराश हुँदै घर फर्किन बाध्य भए ।

मध्यान्ह तिर रुपन्देहीबाट भैरहवा–लुम्बिनी–बहादुरगञ्ज हुलाकी मार्ग हुँदै तौलिहवा आएका बरिष्ठ नेता बालेन शाह समर्थकलाई गाडिबाटै आफ्नो चुनाव चिन्ह घण्टीले नै अभिवान मात्र गरे, कतै रोकिएनन् । यहि रफ्तारमा उनी बहादुरगञ्ज, चन्द्रौटा, गोरुसिँगे, चारनम्बर हुँदै विमानस्थलको बाटो सोझाए । उनलाई स्वागत गर्न घण्टौदेखि ठाउँ ठाउँमा पर्खिरहेका समर्थक बालेनको नजर पनि राम्रोसँग नदेखि निराश हुँदै घर फर्किन बाध्य भए । कतिपय स्थानमा समर्थकलाई एक मिनेट पनि समय नदिएको भन्दै आक्रोश पनि देखिएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया