
तौलिहवामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

कपिलवस्तु | कपिलवस्तु नगरपालिका–४ छोट्की (तौलिहवा)स्थित हुलाकी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
जिल्ला प्रहरीका अनुसार साँझ करिब १७ः३५ बजे तौलिहवाबाट कोदहवा तर्फ जाँदै गरेको लु २५ प ५७५९ नम्बरको १२५ सीसी डिस्कभर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३३ प ६७८६ नम्बरको १५० सीसी सुपर स्प्लेन्डर मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा सुपर स्प्लेन्डरका चालक कपिलवस्तु नगरपालिका–४ पिपरी निवासी १८ वर्षीय सोनु कोरी गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएकोमा साँझ १७ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घाइते हुनेमा सुपर स्प्लेन्डरमा पछाडि सवार कपिलवस्तु नगरपालिका–९ निग्लिहवा निवासी २५ वर्षीय धिरज बढई रहेका छन्। उनको बायाँ खुट्टामा फ्र्याक्चर भएको र अवस्था मध्यम रहेको बताइएको छ। त्यसैगरी डिस्कभरका चालक कपिलवस्तु नगरपालिका–३ सिकटवा निवासी १८ वर्षीय अरमान दर्जीको शरीरका विभिन्न भित्री भागमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनापछि दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया