

घरदैलोमा व्यस्त छन् उम्मेदवार ‘कुँवर’ ज्येष्ठ पुस्तासँग राय लिदैँ चुनावी अभियानमा सक्रिय



जितपुर । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तुमा चुनावी सरगर्मी बढेको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा दलहरू आ(आफ्नो जितको दाबी गर्दै घरदैलो अभियानमा व्यस्त छन् । तर पुराना दलप्रति मतदातामा देखिएको वितृष्णाबीच केही उम्मेदवारले भने व्यक्तिगत छविका आधारमा समर्थन पाइरहेका छन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं। १ मा तारा चुनाव चिह्न लिएर उम्मेदवारी दिएका वरिष्ठ समाजसेवी कृष्ण बहादुर कुँवरलाई मतदाताले पार्टीभन्दा माथि राखेर हेर्ने गरेका छन् । बाणगंगामा घरदैलोका क्रममा स्थानीयले अन्य दलका नेताप्रति असन्तुष्टि जनाउँदै कुँवरलाई समर्थन गर्ने बताएका थिए ।
मतदातासँगको संवादमा कुँवरले पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्ने, भ्रष्टाचारमुक्त र इमानदार नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरे । उनले चुनाव जिते पनि हारे पनि समाजकै बीचमा रहने अठोट दोहोर्याए ।
घरदैलो अभियानका क्रममा स्थानीय युवादेखि वृद्धसम्मले सकारात्मक प्रतिक्रिया जनाइरहेको उनको दाबी छ । जिल्लामा पुराना दलप्रति निराशा बढ्दै जाँदा कुँवरप्रति जनचासो बढेको देखिन्छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया