

कार्यसम्पादन मूल्याङ्कनमा कुनै पनि प्रदेशले ५० अङ्क ल्याएनन्, पाचौँ स्थानमा लुम्बिनी



प्रदेशको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार सुदूरपश्चिम प्रदेशले ४५.७० अङ्क प्राप्त गरेर पहिलो भएको हो ।
दोस्रो स्थानमा रहेको काेशीले ४४.२९ अङ्क पाएको छ भने तेस्रो स्थानमा रहेको बागमतीले ४२.४६ अङ्क पाएको छ । सबैभन्दा कमजोर मधेशले २७.२८ अङ्क मात्रै पाएको छ । यस्तै कार्यसम्पादन मूल्याङ्कनको पाचौँ स्थानमा लुम्बिनी प्रदेश रहेको छ ।
कुनै पनि प्रदेशले ५० अङ्क पनि पुर्याउन नसकेका कारण सबै प्रदेशको कार्यसम्पादन कमजोर देखिएको छ ।
यो मूल्याङ्कन आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिश गर्दा लिइने आधारमध्ये एक हो । धेरै अङ्क ल्याउने सरकारले बढी अनुदान पाउने गर्छन् ।
आयोगले प्रदेशमा ११ सूचकका आधारमा मूल्याङ्कन गरेको हो । प्रदेशको पहिलो सूचकमा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षणबाट देखिएको बेरुजु अवस्था लिइएको छ । यस्तै कानूनअनुसार सशर्त अनुदान दिए/नदिएको, विनियोजन गरिएको बजेट खर्चको अवस्थालगायतका सूचक छन् ।


खबर सबै
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया