

उम्मेद्वार कुंवरको घरदैलो अभियानः पार्टीभन्दा माथि उठेर निर्णय गर्न मतदातासँग आग्रह



कपिलवस्तु । कपिलवस्तुमा समाज सुधार तथा विकृतिविरुद्ध सक्रिय एक युवा समूहसँग वरिष्ठ समाजसेवी कृष्ण कुँवरले भेटघाट गरेका छन् । आसन्न मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बनेका कुँवरले घरदैलो अभियानका क्रममा उक्त युवा समूहसँग अन्तरक्रिया गरेका हुन् ।
निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न स्थानमा सक्रिय युवासँगको भेटमा कुँवरले आफू रहरले नभई जनताको चाहनाअनुसार चुनावी मैदानमा उत्रिएको बताए । युवाहरूले उनलाई समाजका लागि आवश्यक व्यक्तित्व भएको, समाज विकासमा पुर्याएको योगदान सम्झनलायक रहेको र वर्तमान उम्मेदवारहरूमध्ये अब्बल देखिएको बताए । तर उनीहरूले प्रश्न गरे, “राजनीति त फोहोरी खेल भनिन्छ, त्यसमा किन प्रवेश गर्नुभयो रु”
यसको जवाफमा कुँवरले भने, “मेरो व्यक्तिगत प्रयासले मात्र समाज परिवर्तन सम्भव देखिनँ । समाजसेवा गर्दै बस्दा भ्रष्ट प्रवृत्तिका मानिसहरू मात्रै चुनाव जित्ने अवस्था आयो । सम्बन्धित निकायमै पुगेर काम गर्न सकिन्छ कि भन्ने सोचले राजनीतिमा होमिएको हुँ । मलाई पनि थाहा छ राजनीति फोहोरी खेल मानिन्छ, जहाँ इमानदार व्यक्ति प्रायः पछि पारिन्छन्। तर मलाई अघि बढाउने वा पछि पार्ने जिम्मा युवाहरूको हातमा छ ।”
कुँवरले मत माग्न आउने हरेक उम्मेदवारलाई प्रश्न गर्न युवाहरूलाई आग्रह गरे । “सबै उम्मेदवारसँग तुलना गर्दा म उपयुक्त लाग्दिनँ भने मलाई मत नदिनुहोला । यो चुनाव पार्टीभन्दा पनि व्यक्तिको मूल्याङ्कन गर्ने चुनाव हो । पार्टीभन्दा माथि उठेर निर्णय गर्नुस्,” उनले भने ।
उनले युवाविना समाज परिवर्तन सम्भव नहुने धारणा राखे। भेटघाटका क्रममा कुँवरले आफ्नो पृष्ठभूमि र समाजसेवामा गरेका कार्यहरूबारे जानकारी दिएका थिए ।
कुँवरको विचार र व्यक्तित्व मन परेको बताउँदै युवा रेशम मरासिनीले समाज र युवाका लागि कुँवरजस्ता नेताको आवश्यकता रहेको उल्लेख गरे । अन्य युवाहरूले पनि परिवर्तनका लागि इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन् । युवाहरुले राष्ट्रिय झण्डा ओडाएर कुवंरलाई स्वागत गरेका थिए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया