

गुल्मीमा पहिलोपटक अङ्गीकृत नागरिकता वितरण



गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक अङ्गीकृत नागरिकता वितरण गरेको छ । हालै संशोधित नागरिकता सम्बन्धी कानुनअनुसार रेसुङ्गा नगरपालिका–१० जन्म भएकी जमुना बस्नेतका छोरा सुरज लेप्चाले अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार नेपाली मलुकी महिलाले विदेशी नागरिकसँग विवाह गरेपछि जन्मिएका छोरा–छोरीलाई अङ्गीकृत नागरिकता प्रदान गर्ने नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आएपछि गुल्मी जिल्लाबाट पहिलोपटक नागरिकता वितरण गरिएको हो । कानुन संशोधनपछि प्रमुख जिल्ला अधिकारीमार्फत नै अङ्गीकृत नागरिकता प्रदान गर्न सकिने व्यवस्था भएपछि यो प्रक्रिया अघि बढाइएको हो ।
नागरिकता प्राप्त गरेका सुरज लेप्चा नेपाली आमाबाट जन्मिएका भए पनि उनका पिता विदेशी नागरिक भएकाले यसअघि नागरिकता पाउन कठिनाइ हुँदै आएको थियो । पछिल्लो कानुनी संशोधनले यस्ता परिवारका सन्तानलाई नागरिकताको अधिकार सुनिश्चित गरेपछि उनी नागरिकता प्राप्त गर्न सफल भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी गैरेले संविधानले प्रत्याभूत गरेको नागरिकताको हक कार्यान्वयनतर्फ यो महत्त्वपूर्ण कदम भएको बताए । नयाँ कानुनी व्यवस्था अनुसार योग्य व्यक्तिलाई नागरिकता प्रदान गर्ने प्रक्रिया सुरु गरिएको उनको भनाइ छ ।
यसले लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका धेरै युवालाई राहत मिल्नेछ । नागरिकता नपाएर शिक्षा, रोजगारी, बैंकिङ सेवा लगायतका आधारभूत अधिकारबाट वञ्चित हुनुपरेका व्यक्तिहरूका लागि यो व्यवस्था आशाको किरण बनेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार आवश्यक कागजात पूरा भएका र कानुनले तोकेको मापदण्डमा पर्ने अन्य व्यक्तिहरूले पनि अब अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । कार्यालयले नागरिकता वितरण प्रक्रियालाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।
प्रशासनले पछिल्लो समय आमाको नामबाट पनि नागरिकता वितरण गर्न थालेको छ । पछिल्लो तथ्याङ्क अनुसार ३ जनाले आमाको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीले बताए ।


खबर सबै
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया