

पाकिस्तानले भारतसँगको विश्वकप खेल खेल्ने



पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब पाकिस्तानले फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान उत्रिने भएको छ ।
पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत ‘मैत्रीपूर्ण देशहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै’ टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ ।
पाकिस्तान सरकारका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए ।
बीसीबीका औपचारिक अनुरोधसँगै श्रीलंका, संयुक्त अरब इमिरेट्सलगायत सदस्य राष्ट्रहरूले समाधानका लागि पाकिस्तानको नेतृत्व अपेक्षा गरेको पत्राचारसमेत सरकारले समीक्षा गरेको जनाएको छ ।
यसैबीच बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिन उल इस्लामले व्यक्त गरेको आभारप्रति पाकिस्तानले सकारात्मक प्रतिक्रिया दिएको छ र बंगलादेशसँग सदैव साथ रहने प्रतिबद्धता दोहोर्याएको छ ।
पछिल्लो पहलअन्तर्गत पाकिस्तानका प्रधानमन्त्री शरीफ र श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा श्रीलंकाली राष्ट्रपतिले वर्तमान गतिरोध समाधानका लागि सकारात्मक निर्णय लिन आग्रह गरेका थिए ।
यसअघि पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया