

कपिलवस्तुमा ८ हजार बढी किशोरीलाई ‘एचपिभी खोप’ लगाइदै



कपिलवस्तु | कपिलवस्तुमा यस वर्ष आठ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार गत वर्ष जिल्लामा पाठेघरको मुखको क्यान्सरविद्धको खोप अभियानका क्रममा छुटेका र नयाँ आठ हजार ३२९ जना किशोरीलाई यो वर्ष खोप लगाउन थालिएको हो ।
खोप लगाउनेमा विद्यालयमा अध्ययनरत सात हजार ४५२ जना र विद्यालयबाहिर रहेका ९७७ जना किशोरी रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप कार्यक्रमका फोकल केदारनाथ शाहीले जनाएका छन् ।
खोप लगाउने सबैभन्दा धेरै शिवराज नगरपालिकामा विद्यालयमा अध्ययनरत ९५९ जना र विद्यालय नजाने ९९ जना गरेर एक हजार ५८ जना किशोरी रहेका छन् । त्यसैगरी कपिलवस्तु नगरपालिकामा विद्यालयमा अध्ययनरत ९२३ जना र विद्यालयबाहिर रहेका ९३ जना गरेर एकहजार १६ जना, यशोधरा गाउँपालिकामा विद्यालयमा अध्ययनरत ८९७ जना र विद्यालय नजाने ५२ जना गरेर ९४९ जनालाई खोप लगाइन थालिएको छ ।
त्यसैगरी महाराजगंज नगरपालिकामा विद्यालयमा अध्ययनरत ६२८ जना र विद्यालयबाहिर रहेका २९६ जना गरेर ९२४ जनालाई खोप लगाइने भएको छ । बाणगंगा नगरपालिकामा विद्यालयमा अध्ययनरत ९०५ जना, मायादेवी गाउँपालिकामा विद्यालयमा अध्ययनरत ६७० जना र विद्यालय बाहिर रहेका १३५ जना गरेर ८०५ जनालाई खोप लगाउन थालिएको डब्लुएचओका खोप अधिकृत मोहम्मद असलम शैखले बताए ।
त्यसै गरी बुद्धभूमि नगरपालिकामा विद्यालयमा अध्ययनरत ७११ जना र विद्यालयबाहिर रहेका ९१ जना गरेर ८०२ जना, कृष्णनगर नगरपालिकामा विद्यालयमा अध्ययनरत ६३६ जना र विद्यालयबाहिर रहेका ११८ जना गरेर ७५४ जनालाई खोप लगाइने भएको छ ।
त्यसै गरी शुद्धोधन गाउँपालिकामा विद्यालयमा अध्ययनरत ५१३ जना र विद्यालयबाहिर रहेका ५६ जना गरेर ५६९ जना र बिजयनगर गाउँपालिकामा विद्यालयमा अध्ययनरत ५१० जना र विद्यालयबाहिर रहेका ३७ जना गरेर ५४७ जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन थालिएको हो ।
गत वर्ष जिल्लामा खोप अभियानका क्रममा छुटेका विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको शैखले बताए ।
खोप लगाउनका लागि जिल्लामा ३५१ वटा खोप केन्द्र निर्धारण गरिएको छ । यस्तै, कपिलवस्तु जिल्लाभर ७०२ जना स्वास्थ्यकर्मी र ३५१ जना स्वयम्सेवकको परिचालन हुने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । खोप अभियान कपिलवस्तुमा एकै चरणमा माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया