

कपिलवस्तु–१ मा प्रत्यक्षतर्फ नमुना मतपत्र सार्वजनिक : ३४ उम्मेदवारबीच कडा प्रतिस्पर्धा


कपिलवस्तु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फको नमुना मतपत्र सार्वजनिक भएसँगै चुनावी गतिविधि थप तीव्र बनेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा यस क्षेत्रमा दल र स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचनमा मतदाताले प्रत्यक्षतर्फ ३४ उम्मेदवारमध्ये आफूले रोजेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाउनुपर्नेछ। उम्मेदवारहरूको संख्या धेरै भएकाले मतपत्र पनि ठूलो आकारको बनेको छ। निर्वाचन नजिकिँदै जाँदा सबै उम्मेदवार मतदाता आकर्षित गर्न घरदैलो अभियान, सभा र भेटघाटलाई तीव्र बनाइरहेका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा (एमाले) का बलराम अधिकारी भारी मतान्तरले विजयी भएका थिए। तर, यसपटक उनी चुनावी प्रतिस्पर्धामा छैनन्। त्यसले गर्दा यस क्षेत्रमा नयाँ समीकरण बन्ने अनुमान गरिएको छ।
यस निर्वाचनमा नेपाली कांग्रेसबाट अतहर कमाल उम्मेदवार छन् भने नेकपा (एमाले) बाट बिश्राम थारु मैदानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, नेपाल कम्युनिस्ट पार्टीबाट कृष्ण कुवर, जनमत पार्टीबाट नरेन्द्र चौधरी, जनता समाजवादी पार्टीबाट बब्लु सिंह तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शत्रुघ्न बिलास सिंह लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगका अनुसार कपिलवस्तु क्षेत्र नम्बर १ मा कुल १ लाख ४७ हजार ६५९ मतदाता रहेका छन्। उम्मेदवारहरूको संख्या धेरै भएकाले मत विभाजन हुने सम्भावना रहेको विश्लेषण गरिएको छ। त्यसैले यस क्षेत्रमा निर्वाचन परिणाम अझ रोचक बन्ने अनुमान गरिएको छ।
दलहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको यस क्षेत्रमा मतदाताको रोजाइ कसतर्फ झुक्छ भन्ने चासो बढ्दो छ। फागुन २१ गते हुने मतदानपछि मात्र कपिलवस्तु–१ मा कसले बाजी मार्छ भन्ने टुंगो लाग्नेछ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया