
रुपन्देही–३ का प्रलोपा उमेदवार रास्वपा प्रवेश, लेख जङ्ग थापालाई समर्थन गर्ने घोषणा

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं। ३ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार गोविन्द काराखेतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लेख जङ्ग थापा लाई औपचारिक रूपमा समर्थन गर्ने घोषणा गरेका छन्
देशको राष्ट्रियता, स्वाधीनता, समावेशी लोकतन्त्र, सामाजिक न्याय र युवामैत्री राजनीति सुदृढ गर्ने साझा उद्देश्यका आधारमा यो समर्थन गरिएको एक बिज्ञपति मार्फत खरेलले स्पष्ट पारेका छन्। उनका अनुसार दशकौँदेखि शासनमा रहेका पुराना दलहरूले देश र जनताको पक्षमा काम गर्न नसक्दा जनआक्रोश चुलिएको र युवाको पलायन तीव्र बनेको वर्तमान अवस्थामा वैकल्पिक राजनीतिक धारलाई बलियो बनाउने जिम्मेवारी उत्पन्न भएको छ।
“यो समर्थन व्यक्ति वा पार्टी विशेषका लागि होइन, भ्रष्टाचार, असफल शासन र निराशाको राजनीतिविरुद्धको साझा मोर्चा हो,” खरेलले बताए। उनले रोजगारी सिर्जना, सुशासन र युवाको भविष्य सुनिश्चित गर्ने एजेन्डामा रास्वपासँग स्पष्ट वैचारिक सामिप्यता रहेको उल्लेख गरे।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रलोपा उम्मेदवारको यो निर्णयले रुपन्देही–३ मा वैकल्पिक शक्तिहरूको एकता मात्र होइन, पुराना दलहरू विरुद्धको चुनावी समीकरणलाई समेत निर्णायक रूपमा प्रभावित गर्ने संकेत गरेको छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया