

कपिलवस्तुमा ६ महिनामै ३९ नयाँ कुष्ठरोगी फेला



कपिलवस्तु | पछिल्लो ६ महिनामा कपिलवस्तुमा ३९ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३९ जना नयाँ कुष्ठरोगी भेटिएका हुन् ।
सबैभन्दा बढी महाराजगंज नगरपालिकामा ११ जना कुष्ठरोगी रहेका उनले जानकारी दिए । नयाँ ३९ बिरामी फेला परेसँगै चालु आवको पुस मसान्तसम्ममा कुष्ठरोगीको संख्या १६७ पुगेको हो । ७३औँ कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख ढकालले रोगको अवस्थाबारे जानकारी दिँदै अहिले रहेका ३९ जना बिरामीको उपचार भइरहेको छ ।
गत आर्थिक वर्षमा कपिलवस्तुमा १८८ कुष्ठरोगी फेला परेका थिए । उक्त आर्थिक वर्षमा सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा २१ जनामा कुष्ठरोग देखिएको ढकालले बताए । उनका अनुसार बिजयनगर गाउँपालिकामा २० जना, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा १५÷१५ जना, महाराजगंज नगरपालिका र शुद्धोधन गाउँपालिकामा १३÷१३ जना, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा ११र११ जना, बाणगंगा नगरपालिकामा ६ जना र मायादेवी गाउँपालिकामा ३ जना कुष्ठरोगी भेटिएका थिए ।
सरकारले १६ वर्षअघि नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि कपिलवस्तु सहित कतिपय जिल्लामा अझै पनि कुष्ठरोगी छन् । विगतको तुलनामा कुष्ठरोगीको संख्यामा केही कमी भने आएको ढकालले बताउनुभयो । अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठरोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमा उपचार नहुँदा समस्या बढेको भन्दै उहाँले कुष्ठरोगको सङ्का लागेको उपचार गर्न सबैलाई आग्रह गरे ।
चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने जनाउँदै समयमा उपचार भएमा अङ्गभङ्ग हुनबाट बच्न सकिने चिकित्सक बताउँछन् । यो रोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ । आर्थिक वर्ष २०८१र८२ मा कपिलवस्तु जिल्लाको नयाँ बिरामी पत्ता लागेको दर प्रति १ लाख जनसंख्यामा १८।१ रहेको छ भने कुष्ठरोग प्रकोप दर १।६ प्रति १० हजार जनसंख्यामा रहेको छ र नयाँ कुष्ठरोगीहरु फेला ग्रेड २ अपांगता दर २.३ प्रतिशतको रहेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया