

राष्ट्रिय जनमुक्ती पार्टीले रुपन्देहीबाट सार्वजनिक गर्यो घोषणापत्र


बुटवल | राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरि आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे “नागरिक सम्बोधनपत्र” सार्वजनिक गरेको हो ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष केशव सूर्यवंशीले व्यक्ति प्रधान भन्दा पनि नीति प्रधान भए बहस गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे । नयाँ दलहरुप्रति लक्षित गर्दै अध्यक्ष सूर्यवंशीले भने- “देशले अहिले पात्र होइन, एजेण्डा खोजेको छ । एजेण्डा महत्वपूर्ण कुरा हो, पात्र होइन । हाम्रो संविधानले त्यो परिकल्पना पनि गर्दैन ।” उनले अहिले निर्वाचन प्रणाली र राजनीतिक अवस्थामा कुनै पनि दलको स्पष्ट वहुमत आउने संकेत नदेखिएको बताए । कुनै पनि दलको स्पष्ट वहुमत नआउने अवस्थामा निर्वाचनपछि बन्ने सरकारमा राष्ट्रियताको पक्षमा उभिने दलहरु एक ठाउँ उभिनुको विकल्प नभएको उल्लेख गरे ।
राष्ट्रिय जनमुक्ती पार्टीले देशका विभिन्न १७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको जानकारी गराउँदै महासचिव टोप अस्लामी मगरले “हत मिलाएको” चिन्हमा मतदानका लागि आह्वान गरे । राष्ट्रिय जनमुक्ति पार्टीले समानुपातिकका लागि १२ जना उम्मेदवारको नाम बन्दसूचीमा पठाएको छ । जनमुक्तिले जारी गरेको घोषणापत्रमा संघीयता, शासकीय स्वरुप, औद्योगिक बिकास तथा रोजगार, भ्रष्टाचार नियन्त्रण, शिक्षा-स्वास्थ्य लगायतकाविषयहरुलाई समेटिएको छ । सो पार्टीले विगतका निर्वाचनमा जारी गरेका घोषणापत्रहरुको समेत स्वामित्व लिने प्रतिवद्धतासहित भ्रष्टाचारलाई देशद्रोह सरहको घोषणा गर्ने, दलहरुले घोषणापत्र अनुसार नगरे सो विरुद्ध कानूनी उपचारका लागि न्यायालय जान पाउने व्यवस्था गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सबै नेपालीको स्वास्थ्य बीमा लगायतका कुराहरुलाई जोड दिएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया