

श्रृङ्गीघाट वन क्षेत्रमा जालीको पासोमा फसेको चितुवाको उद्धार


कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट वन क्षेत्रमा जालीको पासोमा फसेको चितुवाको सफलतापूर्वक उद्धार गरिएको छ।
वन क्षेत्रमा चितुवा जालीमा परेको देखेपछि स्थानीयवासीले तत्काल डिभिजन वन कार्यालय कपिलवस्तुलाई जानकारी गराएका थिए। त्यसपछि डिभिजन वन कार्यालय कपिलवस्तु मोतिपुर र पिपरा सबडिभिजन कार्यालयको संयुक्त प्रयासमा जेसीबीको सहयोग लिई करिब पाँच घण्टा लगाएर चितुवालाई सुरक्षित रूपमा उद्धार गरिएको हो।
मोतिपुर सबडिभिजन कार्यालयका प्रमुख एजाज अन्सारीका अनुसार उद्धार कार्य सावधानीपूर्वक सम्पन्न गरिएको थियो। चितुवा फसेको स्थान कठिन भएकाले जेसीबी प्रयोग गर्नुपरेको उनले बताए।
यसअघि पनि उक्त वन क्षेत्रमा चितुवा हिँडडुल गर्ने सूचना आएको भन्दै वन कार्यालयले स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्दै आएको थियो।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया