

राष्ट्रियसभा निर्वाचन : जनप्रतिनिधि कै मत बदर !लुम्बिनीमा बदर मत १६ वटा



लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ ।
प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गर्नुभएकामा छ मत बदर भएको थियो । यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मध्ये २०८ जना प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए । जसमा १० मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।
यसरी लुम्बिनी प्रदेशअन्तर्गतको प्रदेश सदस्य तथा स्थानीय सरकारका प्रमुख पदाधिकारी मतदाता रहेको उक्त निर्वाचनमा १६ मत बदर भएसँगै यहाँस्थित राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी भइरहेको छ ।
यसै सन्दर्भमा प्रमुख राजनीतिक पार्टीका प्रदेश तथा स्थानीय तहका नेताहरूले १६ मत बदर भएको घटनालाई सामान्य रुपमा लिन नहुने बताउँदै निर्वाचनको मत परिणामलाई सुक्ष्म रुपमा विश्लेषण गरी निष्कर्षमा पुगेर सोहीअनुसार धारणा बनाउने बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया