

बालेनका समर्थक चढेको गाडीबाट खस्दा नेपालगञ्जमा केही घाइते



दाङ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट लडेर केही युवा घाइते भएका छन्।
सोमबार बाँकेको नेपालगञ्जमा समर्थक चढेको गाडीबाट खस्दा ६ जना युवाहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए।
तीमध्ये स्थानीय वीरसिंह ऐरीको सिटी केयर अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको डिएसपी पातलीले बताए।
‘गाडीको पछाडि धेरै युवाहरू बसेका थिए,’ डिएसपी पातलीले भने, ‘एकले अर्कालाई समातेर बसेका उनीहरू गाडी अगाडि बढ्ने क्रममा हुत्तिएर लडेका थिए।’
रास्वपा वरिष्ठ नेता बालेन सोमबार नेपालगञ्ज विमानस्थल पुग्दा भिड भएको थियो। उनी त्यहाँबाट बर्दिया गए भने सुदूरपश्चिमतर्फ जाने कार्यक्रम छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया