

भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना



भोलि र पर्सि गण्डकी प्रदेशदेखि पश्चिमसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार मुख्यतः सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसोपछि मध्यम वर्षा हुने सम्भावना छ ।
यस्तै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा हुनुका साथै हिमपातको पनि सम्भावना रहेको मौसमविद् ढकालले बताउनुभयो । बागमती प्रदेशका एक–दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना भए पनि ठूलो पानी भने नपर्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा भने वर्षाको खासै सम्भावना छैन । यद्यपि, पश्चिमी क्षेत्रमा हुने वर्षाका कारण वायु प्रदूषण र तराई क्षेत्रमा लामो समयदेखि लागेको हुस्सुबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
महाशाखाका अनुसार वर्षापछि तापक्रम पनि क्रमिक रूपमा बढ्दै जाने अनुमान छ । पर्सि शनिबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ, हिजो काठमाण्डौको न्युनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको महाशाखाले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया