



कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ता सदस्यहरुका लागि एक महिने सिपमुलक तालिमको बुधबार उद्घाटन गरेको छ । आफ्नै सामुदायिक वन क्षेत्रमा पाइने थाकल र किसानका खेतबाट उत्पादन हुने मकैको पोस्करबाट विभिन्न सामग्री निर्माणका लागि ३० दिने तालिमको उद्घाटन गरिएको हो ।
कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि काठमाण्डौको प्राविधिक सहयोगमा बुधबारदेखि एक महिना सम्म वन कार्यालयको सभाहलमा संचालन हुने गरी तालिम सुचारु गरिएको छ । विशेष गरी सामुदायिक वन उपभोक्ता सदस्यहरुलाई आफ्नै वन क्षेत्रमा वर्षाैदेखि उत्पादन भई प्रयोगविहिन बनिरहेका वस्तुबाट नै सिपमुलक तालिम प्रदान गरि त्यसबाट आत्मनिर्भर बनाउन सकिने उद्देश्यले यो तालिम संचालन गरिएको सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालले जानकारी दिएका छन् । उनले वनमा रहेका थाकल र किसानका खेतमा उत्पादन हुने मकैको खेस्टाबाट हाते झोला (ह्याण्ड ब्याग), टोपी, तथा अन्य विभिन्न सजावटका सामग्री उत्पादन गर्न सकिने अध्ययनपश्चात यो तालिम संचालन गरिएको बताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख ईश्वरी प्रसाद पौडेलले कपिलवस्तुमा धेरै सामुदायिक वनहरु रहेका भए पनि केही नयाँ र रचनात्मक कार्यक्रम संचलान गर्नमा कोइलीचौर साना किसान सामुदायिक वन अगाडी रहेको बताए । उनले समयको गतिसँगै वनका कार्यक्रमलाई पनि निरन्तर लैजान सके मात्रै कार्यक्रमहरु प्रभावकारी पनि हुने बताए ।
यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले भलवाडका सामुदायिक वन उपभाक्ता समुहरुले वडाको विकासमा पनि महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै आगामी दिनमा पनि आफ्नो क्षेत्रको विकास र उपभोक्तालाई आत्मनिर्भर बनाउने कार्यक्रहरुमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहाक पुर्व अध्यक्ष हरिराज घिमिरे, संचारकर्मी पूर्णचन्द्र परियार लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रममा सामुदायिक वनका सल्लाहाकार, कार्यसमिति, विभिन्न उप समितिका पदाधिकारीहरु सहित उपभोक्ता सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसरी सुरु गरिएको तालिममा उत्पादन गरिएका सामग्रीको बजारीकरणका लागि ओम राजश्री मल्टी एग्रो प्रा.लिले गर्ने जनाइएको छ । उपभोक्ता सदस्यहरुलाई बढी भन्दा बढी तालिमबाट लाभ लिन र सिकेका कुरा व्यवहारमा उतार्न समेत आग्रह गरिएको छ । यो तालिमका लागि वन उपभोक्ताहरु मध्ये ३० जनाले सहभागिता जनाएका छन् ।
यसैबीच कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले सोही कार्यक्रमबाटै आफ्ना ४५० बढी उपभोक्ताहरुलाई निःशुल्क खानेपानीका मिटर उपलब्ध पनि गराइएको घोषणा गरेको छ । वनका अध्यक्ष भुसालका अनुसार सामुदायिक वनको लागतमा अमृते भलवाड खानेपानी आयोजना अन्र्तगत भर्तापुर र भर्लाबास गाउँका सामुदायिक वन उपभोक्ता सदस्य घरधुरीलाई एक एक थान खानेपानी मिटर प्राप्त हुने गरी अमृते भलवाड खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिराज घिमिरेलाई उक्त मिटर हस्तान्त्रण गरिएको हो ।
यस्तै उक्त खानेपानी आयोजना अन्र्तगत पाइपलाइन विस्तारका लागि समेत कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले आर्थिक लागनी गरी उपभोक्ताहरुका घरघरसम्मै खानेपानी पाइपलाइन विस्तर गर्ने समेत वनका अध्यक्ष भुसालले प्रतिवद्धता जनाएका छन ।
यस्तै कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले आफ्नै लागतमा उत्पादन गरेका बहुउपयोगी औषधीय गुणयुक्त बिजयसालबाट निर्मित गिलास पनि उपभोक्ता सदस्यहरुलाई बितरण गरिएको छ । प्रति उपभोक्ता परिवार एक गिसाल हुने गरी सबै घरधुरीमा विजयसालका गिलास वितरण गरिएको वनका सचिव सुस्मा थापाको भनाइ छ । विजयसालका गिलास कोइलीचौर सामुदायिक वनले गत वर्षदेखि उत्पादन थालेको थियो ।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया