

निर्वाचन गतिविधि : कपिलवस्तुसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतका कार्यालय स्थापना



कपिलवस्तु | आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुसहित दाङ, बाँके, पश्चिम नवलपरासी, गुल्मी लगाएत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापनासँगै यी जिल्लामा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक तथा कानुनी प्रव्रिया औपचारिक रूपमा सुरु भएको हो ।
कपिलवस्तु जिल्लामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नं. २ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । क्षेत्र नं. १ का लागि वाणगङ्गा नगरपालिका गजेहडा र क्षेत्र नं. ३ का लागि शिवराज नगरपालिका चन्द्रौटास्थित दुर्गा मन्दिर सभा हलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कपिलवस्तुमा तीन लाख ९६ हजार २६५ मतदाता कायम भएका छन् । निर्वाचनका लागि जिल्लामा २३५ मतदान स्थल र ४९० मतदान केन्द्र निर्धारण गरिएको छ ।
दाङ जिल्लाको घोराहीमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । घोराहीस्थित जिल्ला अदालतको कार्यालयमा स्थापना गरिएको कार्यालयको उद्घाटन दाङ जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डित र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले गरे ।
क्षेत्र नं. १ को कार्यालय लमही नगरपालिकामा र क्षेत्र नं. ३ को कार्यालय तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा स्थापना गरिएको छ । कार्यव्रmममा मुख्य निर्वाचन अधिकृत पण्डितले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी अर्यालले आवश्यक सुरक्षा व्यवस्था मिलाइँदै गएको र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाइने बताए ।
बाँके जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपालगन्जस्थित पशु सेवा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार बाँके क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारी गाउँपालिकाको कार्यालय भवन अगैयामा, क्षेत्र नं. २ को कार्यालय पशु सेवा कार्यालय नेपालगन्जमा र क्षेत्र नं. ३ को कार्यालय कपास विकास समिति खजुरामा स्थापना गरिएको छ । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन लाख ५१ हजार ४३९ जना मतदाता रहेका छन् । जिल्लामा १३९ मतदान स्थल र चार सय मतदान केन्द्र कायम गरिएको छ ।
पाल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पाल्पा क्षेत्र नं. २ को काम गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पा दरबार सङ्ग्रहालयमा स्थापना गरिएको छ । यस्तै पाल्पा क्षेत्र नं. १ को काम गर्ने गरी निर्वाचन अधिकृतको कार्यालय रामपुर–५ को वडा कार्यालयमा स्थापना गरिएको छ ।
शुव्रmबार दुवै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी काम सुचारु गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिनुभयो । कार्यालय स्थापनासँगै निर्वाचन कार्यव्रmम प्रकाशन गरिएको छ । जिल्लाभरका निर्वाचन स्थल, मतदान केन्द्र र मतदाता सङ्ख्या उल्लेख भएको विवरणसमेत प्रकाशन गरिएको उहाँले जानकारी दिए ।
पश्चिम नवलपरासीमा रामग्राम–१२ परासीस्थित साबिकको करदाता सेवा कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको स्थापना प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले गरेका हुन । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नं. १ का लागि बर्दघाट नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यहाँ दुई लाख ५४ हजार १५७ जना मतदाता रहेका छन्, जसमा पुरुष एक लाख २९ हजार ९७०, महिला एक लाख २४ हजार १८३ र अन्य चार जना छन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बर्दियामा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । दुई वटा निर्वाचन क्षेत्र भएको बर्दिया जिल्लामा क्षेत्र नं. १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय गुलरियाको जिल्ला समन्वय समितिको हलमा र निर्वाचन क्षेत्र नं. २ को राजापुर भन्सार कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता, त्यसपछिका दिनमा उजुरी, जाँचबुझ, नामावली प्रकाशन, नाम फिर्ता र निर्वाचन चिह्न वितरणको कार्यव्रmम रहेको छ ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया