

कांग्रेस विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन



काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनले गुरु घिमिरे र प्रदीप पौडेललाई पार्टीको महामन्त्री चयन गरेको छ। काठमाडौँस्थित भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट उनीहरू महामन्त्री पदमा निर्वाचित भएका हुन्।
नेता विश्वप्रकाश शर्माका अनुसार विशेष महाधिवेशनले युवा नेताद्वय घिमिरे र पौडेललाई महामन्त्रीको जिम्मेवारी सुम्पिएको हो। उनका अनुसार बाँकी पदाधिकारी टुंग्याउन महामन्त्री गगन थापा र अन्य पदाधिकारीका उम्मेदवारबीच छलफल जारी छ।
निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो। सो क्रममा महामन्त्री पदका लागि घिमिरे र पौडेलले मात्र उम्मेदवारी दर्ता गराएका थिए। कांग्रेसको विधानअनुसार पार्टीमा दुई महामन्त्री रहने व्यवस्था छ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री पदका उम्मेदवार बनेका प्रदीप पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया