
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ

कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरबाट ५ जना जुवाडे र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालयल पिपराका अनुसार उनीहरुको साथबाट २ लाख ५६ हजार दुई सय नब्बे रुपैयाँ नगद, ६ थान मोबाइल सेट र ३ गड्डी तास समेत बरामद भएको छ ।
स्थानीय दिनेश थारुले संचालन गरेको रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा आइतबार साझ उनीहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
नियन्त्रणमा लिइएका ब्यक्तिहरु रुपन्देही कन्चन गाउँपालिका-५ पिपरी चापाका ३५ वर्षीय दिलिप थापा, सोही ठाउँ भैसाही बस्ने ३२ वर्षीय कमल थापा, गौडि बस्ने ३३ वर्षीय दिपेन्द्र घर्ति रहेका छन् । यसैगरी कपिलवस्तु वाणगंगा-१० बनकट्टि बस्ने ३५ वर्षीय अर्जुन चौधरी, होटल सञ्चालक ३५ वर्षीय दिनेश थारु र भक्तौली बस्ने ३३ वर्षीय उमेश पोख्रेल रहेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया