

नयाँ बुटवल-लमही ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुने



नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा प्राधिकरणले सो आयोजना कार्यान्वयन गर्न लागेको हो । प्रसारण लाइनको प्रभावित क्षेत्रमा वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरिएको छ । कुल चार सय केभी क्षमताको सो प्रसारण लाइनको ४६ मिटर क्षेत्राधिकार तोकिएको छ । प्रसारण लाइनको केन्द्रबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ रहनेगरी क्षेत्राधिकार तोकिएको छ । सो प्रसारण लाइनमा कुल चार सय पाँचवटा टावर रहनेछन् ।
यस्तै, दाङको लमही नगरपालिका वडा नं ९ स्थित रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेशन निर्माण हुनेछ । प्राधिकरणले वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक, आर्थिक प्रणालीमा केकस्तो प्रभाव पर्दछ पनि एकिन गर्न लागिएको सूचनामा उल्लेख छ । त्यस क्षेत्रका आयोजनाका कारण पर्न जाने प्रभावका बारेमा आवश्यक जानकारी, सुझाव एवं सल्लाह दिन प्राधिकरणले आग्रह गरेको छ । वातावरणीय प्रस्तावका सम्बन्धमा आवश्यक राय, सुझाव र सल्लाह प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्ग र परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड ललितपुरमा उपलब्ध गराउन भनिएको छ ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया