

झ्यालढोका बन्द गरेर हिटर ताप्ने बानी छ ? ख्याल गर्नुहोस ज्यानै जान सक्छ !


जाडो मौसम छ। यसले गर्दा हाम्रो दैनिक जनजीवन प्रभावित हुँदै गएको छ। दिनानुदिन बढ्दै गएको चिसोबाट बच्न बाक्लो लुगा लगाउनेदेखि तातो झोलिलो खानेकुरा समेत खाने गरिन्छ। यति मात्रै होइन चिसो मौसममा न्यानो हुनको लागि हामीले आगो देखि हिटरको प्रयोग गर्छौं।
न्यानो हुने उद्देश्यले तापिने आगो तथा हिटरले नथाहा पाउने तरिकाले हाम्रो स्वास्थ्यलाई समेत बिगारिरहेको हुन्छ।
जसले गर्दा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन्।
विशेष गरी न्यानो हुने बहानामा तापिने आगो हिटर तथा कोइलाबाट निस्कने कार्बनमोनोअक्साइडले गर्दा अक्सिजनको कमी हुँदा मानिस बेहोस समेत हुन्छन् जसले गर्दा घरभित्र हिटर तथा कोइला ताप्दा विशेष सावधानी अपनाउनुपर्ने बताउँछन् त्रिवि शिक्षण अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. मिलन गैरे।
‘हिटरले सुक्खा हावा फाल्ने हुँदा धेरै समय यसको प्रयोग गर्नु उचित हुँदैन, अझै घरभित्र हिटर ताप्दा झ्याल ढोका झन बन्द गर्नु हुँदैन। यस्तै समयसम्म कोठामा हिटर ताप्दा त्यसले घाँटी तथा नाक सुक्खा हुने, घाँटी खसखस हुने खालका लक्षण देखिन सक्छ। यसले गर्दा विशेष सावधानी अपनाउनु पर्छ।’
यस्तै निरन्तर हिटर ताप्ने गर्दा, छाला फुट्ने चाउरी देखापर्ने, हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ तर लामो समयसम्म नजिकै राखेर हिटर ताप्दा आँखाको ज्योति कमजोर बनाउनुका साथै आँखा,नाक सुक्खासम्म बनाउँछ, दैनिक हिटर ताप्दा शरीर धेरै सुक्खा भएमा नाकबाट रगत पनि बग्न सक्छ। त्यसैले जाडोबाट बच्न भन्दै हिटर ताप्दा सावधानी अपनाउनुपर्छ।
न्यानो हुने बहानामा बालिने हिटर, कोइला ताप्दा सावधानी अपनाइएन भने सामान्यदेखि जटिल प्रकारका जलनका घटना समेत हुने गर्छ।
नेपाल जलन फाउन्डेशनका अनुसार साना ठूला प्रकृतिका गरेर नेपालमा वार्षिक ५० हजार मानिसले जलनसम्बन्धी स्वास्थ्य समस्या हुने गरेको छ। यसमध्ये सबैभन्दा धेरै जलनका घटना यही हिउँद महिनामा हुने गरेको राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा. पीयूष दाहाल बताउँछन्।
यता मध्य जाडोको मौसम सुरु भएको र धेरै मानिसले न्यानो हुनका लागि आगो ताप्ने, हिटर बाल्ने वा गिजर धेरै प्रयोग हुने र यसको प्रयोगमा साधरण सावधानी समेत अपनाइएन भने दुर्घटना हुने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत यो मौसममा आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
कस्तो सावधानी अपनाउने?
– हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने
– कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने,
– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्ने,
– आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने,
– हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने,
– सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गर्ने बानी बसाल्ने,
– गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्ने,
– गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्ने,
– गिजर प्रयोग गरेर नुहाउँदा सम्भव भएसम्म बाथरुमको झ्याल बन्द नगरी सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया