

भलवाड कृषि सहकारीकाे नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन, अध्यक्षमा अर्याल चयन





कपिलवस्तु । भलवाड कृषि सहकारी संस्था लिमिटेड, बाणगंगा नगरपालिका–९ भलवाडको नवौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभामा बाणगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने कपिलवस्तु बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष धुर्व बेल्बासे विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष फुलमाया गुरुङ ले आगामी वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीलाई प्रविधिमैत्री बनाउँदै व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले आवश्यक नीति तथा कार्यविधि निर्माण, सदस्यहरूलाई लघु उद्यमका लागि व्यवसायिक योजना तयार गरी कर्जा प्रवाह, नियमित कारोबार सुदृढीकरण, सदस्य विस्तार तथा क्षमता विकास कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ ।
संस्थाले सहकारी शिक्षा, व्यवसाय प्रवर्द्धन तथा वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने, कर्जा व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउने, बचतका प्रकारहरूको वर्गीकरण गरी सेवा विस्तार गर्ने, शेयर खरिदमार्फत सदस्यलाई सेवा प्रवाह गर्ने तथा उपसमितिहरूको विकास र विस्तार गर्ने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ । साथै ज्येष्ठ नागरिक, बाल बचत तथा मौसमी बचत अभियान सञ्चालन गरी बचत संकलन अभियानलाई निरन्तरता दिने नीति समेत लिइएको छ ।
साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार संस्थाको शेयर सदस्य संख्या, शेयर पूँजी, बचत संकलन, कर्जा लगानी, वार्षिक कारोबार तथा खुद नाफामा क्रमशः वृद्धि भएको देखिएको छ । आ.व. २०८१/०८२ का लागि प्रस्तुत आय–व्यय विवरणमा कर्जा लगानी, सहकारी शिक्षा, सामाजिक सेवा, कार्यालय सञ्चालन, कर्मचारी सेवा सुविधा लगायत शीर्षकमा खर्च तथा बचत ब्याज, कर्जा ब्याज, सेवा शुल्कबाट आय अनुमान गरिएको छ ।
प्रमुख अतिथि वडा अध्यक्ष कमल पौडेलले सहकारीले स्थानीय स्तरमा आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै पारदर्शिता, सुशासन र सदस्य केन्द्रित सेवा विस्तारमा जोड दिनुभयो । विशिष्ट अतिथि धुर्व बेल्बासेले सहकारी आन्दोलनलाई सुदृढ बनाउन अनुशासन, समयानुकूल नीति र प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।

यसैबिच संस्थाको तेस्रो अधिवेशनले अध्यक्ष गिता अर्याललाई चुनेकाे छ । जसको उपाध्यक्षमा राधा बेल्बासे सचिब जिउनिसिया थारु, सह सचिवमा प्रेमला बुढा, कोषाध्यक्ष सिता पान्डे चयन हुनुभयाे भने सदस्य सुमित्रा थारु नरमाया गुरुङ कल्पना सुनार माया गिरिलगाएत रहनुभयाे । यस्तै लेखा समिति संयोजक मिनिसा बिक सदस्य मुना सापकोटा लिला खड्का रहनु भएको छ ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया