
रास्वपा भलवाडको प्रथम अधिवेशन,गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

रास्वपा बाणगंगा–९ भलवाडको प्रथम अधिवेशन, नमराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ९ भलवाडको प्रथम अधिवेशन कार्यक्रम सम्पन्न भएको छ।
अधिवेशनले नमराज गुरुङको अध्यक्षतामा नयाँ वडा कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिको उपसभापतिमा योगेन्द्र पौडेल चयन भएका छन् भने सचिवमा पूर्णिमा थारू राना र सह–सचिवमा मित्रलाल पौडेल निर्वाचित भएका छन्।
यसैगरी, कार्यसमिति सदस्यहरूमा सादन केसी, सोनु बञ्जाडे, अन्नु परियार, सिता अधिकारी, मधु राना तथा शान्ती खड्का गुरुङ चयन भएका छन्।
अधिवेशनमा सहभागी वक्ताहरूले पार्टीलाई वडा तहबाटै सशक्त बनाउँदै सुशासन, पारदर्शिता र जनमुखी राजनीतिलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, स्थानीय तहमा संगठन विस्तार र जनताको विश्वास जित्दै अघि बढ्ने निर्णयसमेत गरिएको जनाइएको छ।
नव निर्वाचित कार्यसमितिलाई अधिवेशनले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया