धूमधामका साथ क्रिसमस मनाइँदै: नेपालमा ३० लाख जनसंख्या र चर्चको संख्याले सबैलाई चकित पार्दै

विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज आफ्नो प्रमुख चाड ‘क्रिसमस डे’ धुमधामका साथ मनाइरहेका छन्। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरी यो दिवस मनाइँदैछ।

येशु ख्रीष्टको जन्म र सन्देश

येशु ख्रीष्टको जन्म र सन्देश

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट येशुको जन्म भएको धार्मिक विश्वास छ।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार क्रिश्चियन समुदायले आजको दिनलाई तीन मुख्य खुसियालीका रूपमा मनाउने गर्छन् :

  • प्रेम दिवस: मानिसलाई प्रेम गर्ने सन्देशका साथ आएकोले।
  • शान्ति दिवस: संसारमा शान्ति स्थापना गर्न आएको विश्वासमा।
  • मुक्ति दिवस: मानव जातिलाई मुक्ति दिन आएको मान्यताका आधारमा।

नेपालमा क्रिसमसको विस्तार र सार्वजनिक बिदा

नेपालमा विसं २०६३ पछि मात्र यसलाई महोत्सवका रूपमा मनाउन थालिएको हो। सरकारले यो दिवसको महत्त्वलाई हेर्दै बिदाको व्यवस्थामा पनि समय-समयमा परिमार्जन गर्दै आएको छ:

  • विसं २०६३-२०७४: देशभर सार्वजनिक बिदा।
  • विसं २०७५-२०७७: क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा।
  • विसं २०७८ देखि हालसम्म: पुनः सबैका लागि सार्वजनिक बिदा।

आजको विशेष कार्यक्रम र चहलपहल

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा सरकारका प्रतिनिधि, मानव अधिकारवादी र सरोकारवाला निकायका अधिकारीहरूको उपस्थिति रहने बताइएको छ।

पछिल्लो समय नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरू ठमेल, बौद्ध, पोखरा र सौराहा लगायतका स्थानहरू क्रिसमस ‘ट्रि’ र बत्तीले सजिएका छन्, जसले गर्दा बजारमा विशेष रौनक देखिएको छ।

नेपालमा क्रिश्चियन समुदायको तथ्याङ्क

नेपाल ख्रिष्टियन महासङ्घले दाबी गरेअनुसार हाल नेपालभर क्रिश्चियन धर्मावलम्बीहरूको अवस्था निम्न अनुसार छ:

चर्चको संख्या: १३ हजारभन्दा बढी

कुल जनसंख्या: करिब ३० लाख

प्रतिक्रिया

खबर सबै