
तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन लम्बिने : जनजीवन प्रभावित हुन नदिन सावधानी अपनाउन आग्रह

तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ ।
यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार केही दिनयता विशेषगरी तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो लाग्दै आएको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो झोलिलो खानेकुरा खान सल्लाह छ ।
आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईमा हुस्सु तथा कुहिरो कायमै रहनेछ । पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
काठमाण्डौ उपत्यकामा हिजो न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री सेल्सियस रहेकोमा आज बिहान पौने ६ बजे ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया